नायिका करिश्मा एमाले प्रवेश गर्ने, ओलीसँग नै भेट गरेर अनुरोध गरिन् !

काठमाडौँ- नायिका करिश्मा मानन्धरले बिहिबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोट पुगेर आफू एमालेमा प्रवेश गर्न इच्छुक रहेको बताएकी छिन्। नायिकाले आज बालकोट पुगेर नेकपा एमाले प्रवेश गर्नका लागि ओलीसँग अनुरोध गरेकी हुन्।

यसअघि करिश्मा तत्कालीन नयाँ शक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्य रहेकी करिश्मालाई औपचारिक रूपमै कार्यक्रम गरेर पार्टी प्रवेश गराउने तयारी गरिएको एमाले सांसद गंगा चौधरी सत्गौवाले जानकारी दिएकी छिन्। उनी नायिका करिश्मासँगै ओली निवास बालकोट पुगेकी थिइन्। उनले भनिन्,”समसामयिक विषयमा कुरा भएको छ। “करिश्माजीले भेट्ने इच्छा व्यक्त गर्नुभएको थियो। त्यहीअनुसार भेट भएको हो। अब केही दिनमै यसको परिणाम देखिन्छ।”

त्यस्तै, आफूले लामो समय देखि एमाले प्रवेश गर्ने बारे सोच बनाएको करिश्मा बताउँछिन्। उनले भनिन्, “म एमाले प्रवेश गर्ने बारे सोचिरहेको थिए। यसबारे कुराहरु पनि भइरहेको थियो। आज भेट भएर आफूलाई लागेको कुरा प्रष्ट रूपमा राखें। अध्यक्षज्यूसँग म एमालेमा आबद्ध हुन चाहेको इच्छा व्यक्त गरेको छु। उहाँले अहिलेको अवस्थामा आवद्ध हुनको लागि सकारात्मक प्रतिक्रिया नै दिनुभयो। अब कुन दिन गर्ने के गर्ने भन्ने आगामी दिनमा निर्णय गर्छौं।”

प्रकाशित : बिहिबार, फागुन २६, २०७८१६:३१

धेरै दिनपछि नेप्सेमा उच्च वृद्धि: यी कम्पनीका शेयर मूल्य बढे !