सकिए मेस्सी र नेयमारका दिन, दुवै “बालोन डी’ओर” रेसबाट आउट !

एजेन्सी – सन् २०२१-२२ को सिजन निष्कर्ष तर्फ अगाडी बढ्दै छ। युरोपका शिर्ष लिगहरुका झन्डै ७५ प्रतिशत खेलहरु सकिने क्रममा छन् भने युरोपेली प्रतियोगिताहरु पनि अगाडी बढ्दै छन्।

सन् २०२२ को तेस्रो महिना चलिरहँदा नै बालोन डी’ओरको दौडले गति लिसकेको छ। यस वर्षको बालोन डी’ओरको दौडमा करिम बेन्जेमा, मोहम्मद सलाह, किलियन एम्बाप्पे, रोबर्ट लेवान्डोस्की जस्ता खेलाडी अगाडी देखिएका छन्।

यस वर्ष विश्व कप पनि रहेका कारण बालोन डी’ओर दौडमा को छन् र को छैनन् भनेर स्पष्टसँग भन्न नसकिएपनि हालको अवस्थामा केहि खेलाडीहरु यो दौडबाट बाहिर देखिन्छन्।

गत वर्षका विजेता लियोनेल मेस्सी हालको अवस्थामा बालोन डी’ओर दौडबाट बाहिर छन्। पेरिस सेन्ट जर्मेन(पिएसजी) च्याम्पियन्स लिगबाट आउट भएपछि मेस्सी बालोन डी’ओर दौडमा थप कम्जोर भएका छन्।

हुन त पिएसजी गएयता उनले त्यति राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। अब मेस्सीको ध्यान विश्वकप तर्फ हुनेछ। बालोन डी’ओर दौडमा फिर्ता हुन अब मेस्सीले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेर अर्जेन्टिनालाई विश्वकप दिलाउनु पर्नेछ।

तर अर्जेन्टिनालाई विश्वकप दिलाउन मेस्सीका लागि त्यति सहज भने हुने छैन। गएको केहि समय देखि मेस्सीको प्रदर्शन सन्तोषजनक छैन। यस्तोमा विश्वकपमा राम्रो प्रदर्शन गर्ने कुरा मेस्सीका लागि कठिन हुनेछ।

यस्तै बालोन डी’ओर दौडबाट पिएसजीकै अर्का खेलाडी नेयमार पनि बाहिरिएका छन्। यस सिजन करियरकै कम्जोर लयमा देखिएका नेयमार पनि बालोन डी’ओर दौडबाट बाहिरिएका हुन्। नेयमार बालोन डी’ओरमा हुने सम्भावना अत्यन्त न्यून देखिन्छ।

प्रकाशित : बिहिबार, फागुन २६, २०७८१८:१६

बार्सिलोनाले धेरै समय पछि गोल गर्न सकेन, गालाटासारेसँग बराबरीमा रोकियो !