एम्बाप्पेलाई सुझाव – ‘रियल जाँदै नजाउ, लिभरपुल वा सिटी जाउ’

एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे अहिले पेरिस सेन्ट जर्मेन(पिएसजी)मा अन्तिम समय बिताइरहेका छन्। पिएसजी र एम्बाप्पे बीचको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ।

पिएसजीले गएको एक वर्ष भन्दा बढी समय देखि एम्बाप्पेलाई लगातार सम्झौता थपका लागि आग्रह गरिसकेको छ। पिएसजीको तर्फबाट भएका कुनै पनि प्रस्तावलाई एम्बाप्पेले स्विकारिरहेका छैनन्।

बुधबार च्याम्पियन्स लिगबाट बाहिरिएपछि पिएसजी झनै तनावमा परेको छ। अब एम्बाप्पेले सम्झौता थप गर्छन् भन्ने थोरै मात्र सम्भावना छ। पिएसजी छाडेपछि एम्बाप्पे रियल म्याड्रिड जाने उच्च सम्भावना देखिन्छ। तर इङ्ल्यान्डका पूर्व राइट ब्याक मिका रिचर्ड्स भने एम्बाप्पे रियल म्याड्रिड भन्दा पनि अन्यत्र जानु पर्ने बताउँछन्।

रिचर्ड्सका अनुसार एम्बाप्पे प्रिमियर लिग जाँदा राम्रो हुन्छ। एक अन्तर्वार्ताका क्रममा रिचर्ड्सले एम्बाप्पेलाई प्रिमियर लिग जान सुझाव दिए। एम्बाप्पे लिभरपुल र म्यानचेस्टर सिटी मध्ये एकमा जानुपर्ने रिचर्ड्सको भनाई छ। पछिल्ला वर्षहरुमा निरन्तर राम्रो प्रदर्शन गरिरहेको लिभरपुल र सिटी जस्ता क्लबहरुमा एम्बाप्पे जाँदा राम्रो हुने रिचर्ड्सले बताए।

“मलाई लाग्दैन कि रियल म्याड्रिड जानु एम्बाप्पेका लागि राम्रो हुन्छ। म उनको ठाउँमा भएको भए म्यानचेस्टर सिटी वा लिभरपुल जाने थिएँ। लिभरपुल र सिटी नै ती टीम हुन्, जो युरोपमा निरन्तर राम्रो प्रदर्शन गरिरहेका छन्। भन्न त केहिले सिटीले च्याम्पियन्स लिग जितेको खोइ भनेर सोध्लान्। तर यी दुई टोली धेरै नै राम्रो फुटबल खेलिरहेका छन्।”,रिचर्ड्सले भने।

प्रकाशित : शुक्रबार, फागुन २७, २०७८०९:५५

उडेको बार्सिलोनालाई लाग्यो गालाटासारे नामको गुलेली, आफ्नै घरमा सकेन जित्न !