“पिएसजीको हारमा पोचेटिनोको दोष छैन, उनी माथि औंला उठाउन मिल्दैन”

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)को च्याम्पियन्स लिग जित्ने सपनामा जारी सिजनका लागि पूर्णविराम लागेको छ। लियोनेल मेस्सी, नेयमार र किलियन एम्बाप्पे जस्ता खेलाडी भएर पनि पिएसजीले रियललाई घुँडा टेकाउन सकेन।

पहिलो लेगमा मात्र १-० को जित निकालेको पिएसजीले दोस्रो लेगमा तीन गोल बेहोर्यो भने मात्रै एक गोल गर्यो। समग्रमा ३-२ को गोल अन्तरले रियल च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गर्यो।

रियलसँग पराजित भएपछि पिएसजीका विभिन्न खेलाडी र प्रशिक्षक मौरिसियो पोचेटिनोको आलोचना भइरहेको छ। केहिले त प्रशिक्षक मौरिसियो पोचेटिनोलाई बर्खास्त गरिनुपर्ने तर्क समेत गर्न थालेका छन्। तर सन् २००८ का च्याम्पियन्स लिग विजेता रियो फर्डिनान्ड भने पिएसजीको हारमा मौरिसियोको कुनै गल्ती नरहेको बताउँछन्।

हाल फुटबल विश्लेषक रहेका फर्डिनान्डले बिटी स्पोर्ट्ससँग कुराकानी गर्नेक्रममा पोचेटिनो माथि औंला उठाइन नहुने बताए। टोलीको निष्क्रियता कारण पिएसजीले हारेको उनको भनाई छ।

त्यसक्रममा फर्डिनान्डले घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गरेर पनि च्याम्पियन्स लिगमा पिएसजी कम्जोर सावित भएको फेर्हिस्त प्रस्तुत गरे। पिएसजी क्वाटर फाइनल, सेमिफाइनल र फाइनलमा समेत पराजित भएको उल्लेख गरे।

पिएसजीमा धेरै प्रशिक्षकहरु आएर घरेलु लिग उपाधि जितेपनि च्याम्पियन्स लिगमा भने असफल भएको फर्डिनान्डले बताए। ठूला भन्दा ठूला खेलाडी भएर पनि पिएसजी असफल भइरहेको फर्डिनान्डको भनाई छ।

“पिएसजीले क्वार्टर फाइनल, सेमिफाइनल र फाइनल सबैमा हारेको छ। यो नै हो जुन कुरा बारम्बार भइरहेको छ। यो टीमको निष्क्रियता हो। मलाई लाग्दैन कि वास्तवमै पोचेटिनोसँग औंला उठाउन सकिन्छ।”,फर्डिनान्डले भने।

प्रकाशित : शुक्रबार, फागुन २७, २०७८०९:५५

एम्बाप्पे र बेन्जेमा बीच गोप्य छलफल, पिएसजीका अधिकारीको मुटुमा ढ्यांग्रो !