काठमाडौँ – कारोबार हुने साताको अन्तिम दिन आज सुनको मूल्य बढेको छ। बुधबार इतिहाँसकै महँगो भएर बिहिबार घटेको सुनको मूल्य आज बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य १ लाख २ हजार ६ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ६ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला १ लाख २ हजार १ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
यस साता सुनको मूल्य
यस साता छापावाला सुन १ लाख १ हजार ९ सय देखि १ लाख ५ हजार ५ सय रुपैंयाँ सम्ममा कारोबार भयो भने तेजाबी सुन १ लाख १ हजार ४ सय देखि १ लाख ५ हजार सम्ममा कारोबार भयो।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा रु १० ले बढेको छ। महासंघले दिएको जानकारी अनुसार आज चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैंयाँमा कारोबार भइरहेको छ।

