मेस्सी र च्याम्पियन्स लिग: ७ वर्षदेखिको लज्जास्पद हारको शिलशिला !

यस सिजनको सुरुमा, लियोनल मेस्सीले अर्को च्याम्पियन्स लिग ट्रफी जित्ने इच्छा व्यक्त गरेका थिए। तर यस पटक गत समर बार्सिलोनाबाट आफ्नो स्थानान्तरण पछि पेरिस सेन्ट-जर्मेन खेलाडीको रूपमा उनको च्याम्पियन्स लिग उपाधि जित्ने सपना रहेको थियो।

तर, बुधबार राति एस्टाडियो सान्टियागो बर्नाबेउमा भएको खेलमा रियल म्याड्रिडसँग ३–१ र समग्रमा ३–२ ले पराजित भएपछि पीएसजी प्रतियोगिताबाट बाहिरिएको छ। “यो सबैको सपना हो,” मेस्सीले फ्रान्स फुटबललाई भनेका थिए, “क्लबले यसका लागि लामो समयदेखि योजना गर्दै आएको छ र् पछिल्ला केही वर्षमा नजिक पनि पुगेका छन्। व्यक्तिगत दृष्टिकोणबाट, म फेरि च्याम्पियन्स लिग जित्न चाहन्छु, मैले बार्सिलोनामा हुँदा पनि भनेको थिएँ। किनभने यो धेरै राम्रो प्रतिस्पर्धा हो, [जो] जित्न धेरै गाह्रो छ, तर मलाई लाग्छ कि खेलाडीहरूको यो समूहले यसलाई हासिल गर्न सक्छ।”

मेस्सीले बार्सिलोनामा २००६, २००९, २०११ र २०१५ मा च्याम्पियन्स लिग जितेका थिए, तर अब उनले पुन: यस ट्रफीका लागि प्रतिस्पर्धा गर्नका लागि अझ एक वर्ष कुर्नुपर्नेछ। “मैले भनेको छु कि यदि हामीले यसरी खेल्न जारी राख्यौं भने च्याम्पियन्स लिग जित्न गाह्रो हुनेछ र यो स्पष्ट छ कि हामीले ला लिगा पनि जित्न सक्दैनौं,” उनले २०२० मा भने, “हामीले धेरै परिवर्तन गर्नुपर्छ र धेरै आत्म-आलोचना गर्नुपर्छ र यो सोच्नु हुँदैन कि विरोधीहरू राम्रो थिए र हामीले हार्यौं।”

मेस्सीले पछिल्लो पटक च्याम्पियन्स लिग उपाधि जितेको ७ वर्ष पुगिसकेको छ। यो सबै २०१५/१६ को क्वार्टर फाइनलबाट सुरु भयो, जब बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित भयो। एक वर्षपछि, बार्सिलोनाले अन्तिम १६ मा पीएसजी विरुद्ध शानदार पुनरागमन गर्न सफल भयो, तर क्वार्टरफाइनलमा युभेन्टससँग पराजित भयो।

रोम, लिभरपुल, लिस्बन…

त्यसपछिका तीन सिजनमा च्याम्पियन्स लिगमा उनको सबैभन्दा कठिन उन्मूलन भयो। बार्सिलोनाले क्याम्प नोउमा रोमालाई ४-१ ले हराएको थियो तर क्वार्टरफाइनलमा रोमसँग ३-० ले हारेको थियो र अवे गोल नियमका कारण बाहिरिएको थियो।

अर्को सिजन पनि त्यस्तै भयो, किनकि यस पटक उनीहरूले घरेलु मैदानमा लिभरपुललाई ३-० ले हराएपनि इङ्ल्यान्डमा ४-० को हार बेहोरेका थिए। २०२० मा कोरोना महामारीका कारण अन्तिम ८ को खेल एक लेगमा मात्र भयो जसमा बार्सिलोना जर्मन क्लब बार्यन म्युनिखसँग ८-२ को लज्जास्पद हार बेहोर्न बाध्य भयो।

त्यसपछि, मेस्सीले बार्सिलोनालाई आफ्नो सम्झौताबाट रिहा गर्न आग्रह गरे, तर क्लबले अर्जेन्टिनी कप्तानलाई त्यस गर्मीमा क्लब छोड्न दिएन। उनी रोनाल्ड कोम्यानको नेतृत्वमा रहेको टोलीका साथ क्याम्प नोउमा रहन बाध्य भए र बार्सिलोना प्रतियोगिताको अन्तिम १६ मा पुग्यो, जहाँ पेरिसमा दोस्रो लेगमा १-१ को बराबरी गर्नुअघि क्याम्प नोउमा किलियन एमबाप्पेको ह्याट्रिकमा पीएसजीसँग ४-१ ले पराजित भयो।

प्रकाशित : शुक्रबार, फागुन २७, २०७८१४:४८

लुका मोड्रिचको भविष्यवाणी – ‘पिएसजीलाई हराए रियलले च्याम्पियन्स लिग जित्छ’