एजेन्सी – च्याम्पियन्स लिगको दोस्रो लेगमा रियल म्याड्रिडले पेरिस सेन्ट जर्मेन(पिएसजी)लाई हराउँदा मिडफिल्डर लुका मोड्रिचले उत्कृष्ट प्रदर्शन गरे। एक हिसाबले भन्नुपर्दा लुका मोड्रिचकै उत्कृष्ट प्रदर्शनमा पिएसजी विरुद्ध उत्कृष्ट पुनरागमन हुन सकेको हो।
दोस्रो लेगमा पिएसजीको सामना गर्नु अगाडी मोड्रिचले पिएसजीलाई हराउन सके रियलले च्याम्पियन्स लिग जित्ने दावी गरेका थिए। मोड्रिचले पिएसजीलाई हराउन सके रियलले च्याम्पियन्स लिग जित्ने दावी गरेको खुलासा पाको गोन्जालेजले गरेका हुन्।
उनका अनुसार खेल अगाडी मोड्रिचले पिएसजीलाई पराजित गर्न सक्ने रियलले च्याम्पियन्स लिग जित्ने बताएका थिए। गोन्जालेज आफैं पनि सो कुरामा सहमत छन्। पिएसजीलाई पराजित गरेपछि रियलको च्याम्पियन्स लिग जित्ने सम्भावना थप बलियो बनेको छ।
रियल म्याड्रिडका पूर्व खेलाडी पोली रिंकन पनि सोहि दावी गर्छन्। एक टेलिभिजन कार्यक्रममा क्रममा उनले पनि यस्तै दावी गरेका हुन्। उनले भने,”मैले पहिला नै भनिसकेको छु कि पिएसजीलाई जिते रियलले च्याम्पियन्स लिग जित्नेछ। यसमा मलाई कुनै शंका छैन।”
रिंकनको भनाईमा सहमत हुँदै पत्रकार गोन्जालेजले आफ्ना एक मित्रलाई मोड्रिचले समेत त्यस्तै भनेको जानकारी गराए। गोन्जालेजले भने,”रिंकनले भने जस्तै मोड्रिचले पनि भनेका थिए। मेरा एक मित्रलाई उनले पिएसजीलाई हराउन सके रियलले च्याम्पियन्स लिग जित्न सक्छ भनेका थिए।”
३६ वर्षको उमेरमा पनि मोड्रिचले उच्च स्तरको खेल प्रदर्शन गरिरहेका छन्। यस अगाडी चार पटक च्याम्पियन्स लिग जितिसकेका उनी पाँचौ च्याम्पियन्स लिगको खोजिमा छन्।

