एजेन्सी – प्रिमियर लिगमा आज शिर्ष चार दौडमा रहेका म्यानचेस्टर युनाइटेड र टोटेनह्याम आमने-सामने हुँदैछन्। हाल पाँचौ स्थानमा रहेको युनाइटेड र सातौँ स्थानमा रहेको टोटेनह्याम युनाइटेडको घरेलु मैदानमा आमने-सामने हुन लागेका हुन्। यी दुवै टोलीका लागि आजको खेल अत्यन्त महत्वपूर्ण हुनेछ। आजको खेलमा दुवै टोली जित निकाल्ने दाउमा हुनेछन्।
पाँचौ स्थानमा रहेको युनाइटेडले अहिले सम्म सिजनका २८ खेल खेलिसकेको छ। यस बीचमा उसले १३ जित निकाल्दा ७ हार बेहोरेको छ। त्यस्तै बाँकी ८ खेलमा भने बराबरी खेलेको छ। युनाइटेडको ४७ अंक छ। आज जित निकाल्न सके युनाइटेड आर्सनललाई पछि पार्दै शिर्ष चारमा उक्लिनेछ।
यस्तै सातौं स्थानमा रहेको टोटेनह्यामले युनाइटेड भन्दा २ खेल कम खेलेको छ। २६ खेल खेल्दा टोटेनह्यामले १४ जित र ९ हात सहित ४५ अंक बनाएको छ। आजको खेलमा जित निकाल्न सके टोटेनह्याम पाँचौ स्थानमा उक्लिनेछ।
युनाइटेडले पछिल्ला पाँच खेलमा दुई जित निकाल्दा टोटेनह्यामले तीन जित निकालेको छ। युनाइटेड पछिल्ला पाँच खेलमा एक पटक मात्र पराजित भएको छ। जबकी टोटेनह्यामले दुई खेल हारेको छ। टोटेनह्याम त्यो टीम हो जसले प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीलाई समेत पराजित गरेको थियो। जबकी युनाइटेड सिटीसँग ४-१ को गोल अन्तरले पराजित भएको थियो। पछिल्लो पटक युनाइटेड र टोटेनह्याम आमने-सामने हुँदा युनाइटेड विजयी भएको थियो।
खेल कुन च्यानलमा हेर्ने ?
खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा नेपाली समय अनुसार रातको ११ बजेर १५ मिनेटमा शुरु हुनेछ। खेल भारतीय च्यानल स्टार स्पोर्ट्स सेलेक्ट वानमा हेर्न सकिनेछ।

