टोटेनहम विरुद्ध रोनाल्डोको आक्रामक ह्याट्रिक, हेर्नुहोस् भिडियोमा !

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले करियरको ५९ ह्याट्रिक पूरा गरेका छन्। शनिबार राति म्यानचेस्टर युनाइटेडेले घरेलु मैदानमा टोटेनहम हट्सपरको सामना गर्दा लगातार तीन गोल गरेसँगै रोनाल्डोको ५९ ह्याट्रिक पूरा भएको हो।

खेलको शुरुवातमै गोल गरेका रोनाल्डोले पहिलो र दोस्रो दुवै हाफमा गोल गरे। खेलको १२ औं मिनेटमा रोनाल्डोले उत्कृष्ट गोल गर्दै युनाइटेडलाई अघि बढाएका थिए । फ्रेडले दिएको फ्लिक पासलाई रोनाल्डोले नियन्त्रणमा लिँदै २५ यार्ड टाढाबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो।

त्यस्तै खेलको ३८ औं मिनेटमा रोनाल्डोले दोस्रो गोल गरे। जेडन सान्चोको लो क्रसलाई रोनाल्डोले ६ यार्ड बक्सबाट गोलमा परिणत गरे । आक्रमणका क्रममा सर्जियो रेगुइलोनले अफसाइड ट्रयाप बिगारेपछि सान्चो क्रस गर्ने पोजिसनमा पुगेका थिए।

खेलको ८१ औं मिनेटमा रोनाल्डोले युनाइटेडलाई तेस्रो पटक अग्रता दिलाए। टेलेसको कर्नरमा रोनाल्डोले उत्कृष्ट हेडरमार्फत गोल गरेका थिए। सो गोलसँगै रोनाल्डोको ह्याट्रिक पूरा भयो।

यस्तै शनिबार ह्याट्रिक गरेसँगै आधिकारिक फुटबल तथ्यांकअनुसार सर्वाधिक गोल गर्ने खेलाडी समेत बनेका छन्। दोस्रो गोल पश्चात नै रोनाल्डो आधिकारिक फुटबल तथ्यांकअनुसार सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन्। रोनाल्डोले जारी सिजनमा प्रिमियर लिगमा २४ खेल खेलेका छन्। जसमा उनले १२ गोल गर्दै ३ असिस्ट दिएका छन्।

प्रकाशित : आइतबार, फागुन २९, २०७८०९:४७

“डोनारुम्मा तेलको पैसा देखेर लोभिए, पीएसजी गएर ठूलो गल्ती गरे”