हप्ताको पहिलो दिन नै उकालो लाग्यो सुनको भाउ, कति पुग्यो ?

हप्ताको पहिलो दिन नै सुनको भाउ उकालो लागेको छ। फागुन महिना लागेदेखि नै लगातार रूपमा बढिरहेको सुनको भाउ फागुन २५ गते इतिहास कै सबैभन्दा महँगो भएको थियो। त्यसपछिको दिन सुनको भाउमा ह्वात्तै गिरावट आएपनि पुन: लगातार उकालो लाग्न सुरु भएको हो। आइतबार सुनको भाउ तोलाको २ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापवाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ। शुक्रबार तोलाको अ लेख २ हजार ६ हजारमा कारोबार भएको छापवाला सुनको मूल्यमा आइतबार २ सयले बढेर आज १ लाख २ हजार ८ सय पुगेको छ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि हप्ताको पहिलो दिन २ सयले वृद्धि भएको छ। आइतबार तेजाबी सुनको भाउ तोलाको १ लाख २ हजार ३ सयमा किनबेच भइरहेको छ। शुक्रबार तेजाबी सुनको मूल्य तोलाको १ लाख २ हजार १ सय कायम भएको थियो।

चाँदीको भाउ

आइतबार सुनको भाउ बढेको दिन चाँदीको भाउ पनि बढेको छ। शुक्रबार १४ सय १५ रुपैयाँले कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर १४ सय २५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

प्रकाशित : आइतबार, फागुन २९, २०७८११:४६

नेप्से परिसूचक १०० अङ्क धेरैले बढ्यो, पाँच कम्पनीको शेयरमा सर्किट !