पर्सीबाट यी ५ राशिको भाग्य पल्टिनेछ, हुनेछन् मालामाल !

ज्योतिषशास्त्रमा सूर्यको राशि परिवर्तनलाई ठूलो परिवर्तन मानिन्छ। सूर्य सफलता, सम्मान र आत्मविश्वासको कारक ग्रह हो। यदि सूर्य शुभ हुन्छ भने व्यक्तिको जीवनमा द्रुत प्रगति हुन्छ। चैत्र १ गते अर्थात पर्सीको दिन सूर्यले आफ्नो राशि परिवर्तन गरी मीन राशिमा प्रवेश गर्दैछ। मीन राशि सूर्यको अनुकूल राशि भएकाले सूर्यको यो गोचरले ५ राशिका व्यक्तिहरूलाई धेरै फाइदा पुर्याउनेछ। धेरै सम्मान र सफलता प्राप्त हुनेछ। सूर्य यस राशिमा एक महिना रहनेछ।

वृष राशि 

वृष राशिका लागि सूर्यको गोचर निकै शुभ रहनेछ। सूर्य भगवान वृष राशिमा आयको घरमा गोचर गर्दैछन्। यो स्थितिले यस राशिका व्यक्तिहरूको आयमा वृद्धि हुनेछ। धन आर्जन हुनेछ र नयाँ स्रोतबाट धन प्राप्त हुनेछ। लगानीका लागि पनि यो समय राम्रो रहेको छ। विशेषगरी घरजग्गामा गरेको लगानी लाभदायक हुनेछ।

मिथुन राशि 

मिथुन राशिको करियर घरमा सूर्य गोचर गर्दैछ। यो स्थितिले यस राशिका व्यक्तिहरूलाई नयाँ काम दिन सक्छ। पदोन्नति-तलब वृद्धिको सम्भावना पनि छ। व्यापारीहरूले नाफा कमाउनेछन्। राजनीतिमा सक्रिय व्यक्तिहरूका लागि यो समय धेरै राम्रो छ।

कर्कट राशि 

कर्कट राशिको भाग्य घरमा गोचरमा गइरहेको सूर्यले यस राशिका मानिसलाई बलियो लाभ दिनेछ। नोकरी र व्यापार दुबैबाट लाभ मिल्नेछ। यो समय पद, धन र प्रतिष्ठा तीनवटै दिनेछ।

वृश्चिक राशि 

वृश्चिक राशिका व्यक्तिहरूलाई यो समयले चौतर्फी लाभ दिनेछ। व्यापार व्यवसायमा ठूलो लाभ मिल्ने सम्भावना पूर्ण रहेको छ। पारिवारिक जीवन राम्रो रहनेछ। धन लाभ हुनेछ। रमणीय तथा लाभदायक यात्राको सम्भावना रहेको छ।

धनु राशि 

धनु राशिको भाग्य र धर्म घरमा सूर्य गोचर गर्दैछ। यो गोचरले उनीहरूलाई मौद्रिक लाभ दिनेछ। हरेक काममा भाग्यले साथ दिनेछ। नयाँ घर वा गाडी किन्न सकिनेछ। रोजगारी तथा व्यवसायीले विशेष लाभ उठाउनेछन्।

प्रकाशित : आइतबार, फागुन २९, २०७८१५:१२

अबको एक हप्ता यी ५ राशिलाई रहनेछ निकै शुभ, बन्नेछ हेरक काम !