मेस्सीले पीएसजीमा गरि-खान सकेनन्, अन्तत: बार्सिलोना कै ढोका ढकढाक्याउने भए !

पत्रकार सेबास्टियन क्वाडरेलीका अनुसार पेरिस सेन्ट-जर्मेन (पीएसजी) का सुपरस्टार लियोनल मेस्सी मेजर लिग सकर (एमएलयस) प्रस्थान गर्नु अघि २०२३-२४ सिजनको लागि बार्सिलोनामा सामेल हुन सक्छन्।

मेस्सीले गत समरमा बार्सिलोनासँगको आफ्नो २१ वर्षको सम्बन्धको अन्त्य गर्दै नि:शुल्क ट्रान्सफरमा फ्रेन्च दिग्गजसँग सामेल भएका थिए। अर्जेन्टिनी कप्तानले लिग १ क्लबसँग दुई वर्षको सम्झौतामा हस्ताक्षर गरेका हुन्। मेस्सीको आगमनले पीएसजीका फ्यानहरूलाई उत्साहित बनाएको भए पनि फ्रान्समा उनको समयलाई धेरैले निराशाजनक मानेका छन्। ३४ वर्षीय खेलाडीले फिटनेस समस्यासँग संघर्ष गर्नुपर्यो र यसअघि नै टोलीका लागि १२ खेल गुमाइसकेका छन्।

पूर्व बार्सिलोना कप्तानले पीएसजीलाई यूईएफए च्याम्पियन्स लिगबाट बाहिरिनबाट पनि रोक्न सकेनन्। दुई गोलको अग्रता लिए पनि राउन्ड अफ १६ मा माउरिसियो पोचेटिनोको टोली रियल म्याड्रिडसँग समग्रमा ३-२ ले पराजित भयो। त्यसैले फ्रान्सको शीर्ष फ्लाइट क्लबमा मेस्सीको भविष्यमाथि शंका उत्पन्न भएको छ। केही रिपोर्टहरुका अनुसार अब मेस्सी बार्सिलोनाको बाटो तताउने सुरमा रहेका छन् भने एमएलएस पनियो विकल्पमा रहेको छ।

माथि उल्लेखित स्रोतका अनुसार, मेस्सीको पक्षले यस वर्ष ला लिगा दिग्गजहरूमा पुन: सामेल हुने सम्भावनालाई अस्वीकार गरेको छ। यद्यपि, उनी अन्ततः एमएलएस जानु अघि एक सिजनको लागि २०२३ मा क्याम्प नोउ फर्कन सक्छन्। इन्टर मियामी सीएफसँग मेस्सीको नाम लामो समयदेखि जोडिंदै आएको छ। पूर्व पीएसजी स्टार डेभिड बेकह्याम, जो एमएलएस संगठनको सह-मालिक हुन्, कथित रूपमा अर्जेन्टिनालाई संयुक्त राज्य अमेरिका लैजान इच्छुक छन्।

प्रकाशित : आइतबार, फागुन २९, २०७८१५:५१

के रोनाल्डोको ह्याट्रिकको जवाफ आज मेस्सीले ह्याट्रिकले नै देलान् त ?