पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग १ मा आज एफसी बोर्डोलाई पार्क डे प्रिन्सेसमा स्वागत गर्दा लियोनल मेस्सीले सुरुवात गर्ने अपेक्षा गरिएको छ।

मौरिसियो पोचेटिनोको टोली पछिल्ला हप्ताहरूमा सबै प्रतियोगिताहरूमा खराब लयमा रहेको छ। पेरिस क्लब पछिल्लो पटक लिगमा ओजीसी नाइससँग १–० ले पराजित भएको थियो। त्यसपछि पेरिसको दिग्गज रियल म्याड्रिडले राउन्ड अफ १६ चरणमा समग्र ३-२ ले पराजित भएपछि च्याम्पियन्स लिगबाट बाहिरिएको थियो। पीएसजीले साताको मध्यमा सान्टियागो बर्नाबेउमा आफ्नो खेलको दोस्रो लेगमा लस ब्लान्कोससँग ३-१ ले हार बेहोरेको थियो। करिम बेन्जेमाले दोस्रो हाफमा ह्याट्रिक गर्दै रियल मड्रिडलाई पुनरागमन जित दिलाए।

मेस्सीले ती दुवै खेलमा अपेक्षाकृत कमजोर प्रदर्शन गरेका थिए र लिग १ मा बोर्डो विरुद्ध आफ्नो उत्कृष्ट प्रदर्शन गर्न उत्सुक छन्। ३४ वर्षीय फरवार्डले आक्रमण पङ्क्तिमा नेयमार र एमबाप्पेसँग साझेदारी गर्ने सम्भावना छ। एमबाप्पे निलम्बनका कारण नाइसविरुद्धको खेल गुमाएपछि आजको लिग खेलमा फर्किनेछन्।

यो उल्लेखनीय छ कि मेस्सीले पछिल्लो पटक पीएसजीले लिगमा बोर्डोसँग सामना गर्दा (गत वर्ष नोभेम्बर) खेलेका थिएनन्। त्यतिबेला अर्जेन्टिनाका कप्तान घुँडाको चोटबाट निको भइरहेका थिए। गयराती लण्डन क्लब टोटनह्याम विरुद्ध ह्याट्रिक गर्दै फुटबल इतिहास कै सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका क्रिस्टियानो रोनाल्डोको प्रदर्शनका कारण पनि मेस्सी दबाबमा रहेको हुनुपर्छ। के मेस्सीले रोनाल्डोको ह्याट्रिकको जवाफ दिन सफल होलान् त ?

