स्पेनिस पत्रिका मार्काका रामोन अल्भारेज डे मोनका अनुसार एम्बाप्पेले जनवरी ३० मा रियल म्याड्रिडमा अनुबन्ध गरेका थिए र पहिले नै रियल खेलाडी भइसकेका छन्।

“जहाँसम्म मलाई थाहा छ, किलियन एमबाप्पेले जनवरी ३० मा रियल म्याड्रिडसँग अनुबन्ध हस्ताक्षर गरेका थिए। फ्रान्सेली स्टार पहिले नै रियल म्याड्रिडका खेलाडी हुन्,” रिपोर्टरले भने।

मार्काले हिजो रिपोर्ट गरे अनुसार यदि सबै कुरा सही रह्यो भने रियलले अर्को शुक्रबार सम्म एमबाप्पेलाई अनुबन्ध गर्न सक्छ। एमबाप्पेले कर पछि € २५ मिलियनको वार्षिक तलब सहित € ६० मिलियन र € ८० मिलियन बीचको हस्ताक्षर शुल्क प्राप्त गर्नेछन्। पछिल्लो समाचार अनुसार एमबाप्पे जनवरी ३० मा रियल म्याड्रिडमा अनुबन्ध भइसकेका छन्।

लामो समयदेखि स्पेनिस क्लबसँग नाम जोडिएका फ्रेन्च युवा स्टारलाई अनुबन्ध गर्न म्याड्रिडले गत समरमा नै २०० मिलियनको प्रस्ताव गरेको थियो। तर पीएसजीले म्याड्रिडको उक्त प्रस्ताव अस्विकार गरेको थियो। च्याम्पियन्स लिग जित्ने लक्ष्यका साथ २३ वर्षीय स्टारलाई रोकेको पीएसजीको च्याम्पियन्स लिग उपाधिको सपना पनि गत बुधबार मात्र रियल म्याड्रिडले नै समाप्त गरेको थियो।

पहिलो लेगमा १-० को अग्रताका साथ दोस्रो लेगमा गरेको पीएसजी म्याड्रिडको घरेलु मैदानमा ३-१ ले पराजित हुँदै समग्रमा ३-२ को हारसँगै प्रतियोगिताको अन्तिम १६ बाट नै घर फर्किन बाध्य भयो।

