२४ घण्टा पनि टिकेन युनाइटेडको खुशी, आर्सनल चौंथो स्थानमा !

एजेन्सी – प्रिमियर लिगमा आर्सनलले महत्वपूर्ण जित निकालेको छ। आइतबार राति आर्सनलले घरेलु मैदानमा लेस्टर सिटी विरुद्ध महत्वपूर्ण जित निकालेको हो। आर्सनलले लेस्टरलाई २-० को गोल अन्तरले पराजित गर्यो।

बलमा लेस्टरले बढी नियन्त्रण बनाएपनि आर्सनलको तर्फबाट उत्कृष्ट आक्रमण भयो। लेस्टरले बलमा ५४ प्रतिशत पकड राखेको थियो। बलमा कम नियन्त्रण भएपनि आर्सनलको तर्फबाट खेलभर कुल २१ प्रहार भएको। जसमध्ये ८ प्रहार टार्गेटमा थिए। त्यस्तै लेस्टरको तर्फबाट भने मात्रै ६ प्रहार भएका थिए। त्यसमध्ये ३ प्रहार मात्र टार्गेटमा थिए।

आर्सनलले पहिलो र दोस्रो दुवै हाफमा गोल गरेको थियो। खेलको ११ औं मिनेटमै थोमस पार्टीको गोलमा आर्सनलले अग्रता लिएको थियो। त्यस्तै दोस्रो हाफमा पनि आर्सनलले एक गोल थयो। सो गोल पेनाल्टी थियो। खेलको ५९ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई एलेसान्द्रो लाकाजेटले खेर जान दिएनन्।

लेस्टर सिटी माथि जित निकालेसँगै आर्सनल शिर्ष चारमा प्रवेश गरेको छ। शनिबार राति शिर्ष चारमा उक्लिएको म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै आर्सनल शिर्ष चारमा उक्लिएको हो।

आर्सनलले २६ खेलबाट ५१ अंक बनाएको छ। तेस्रो स्थानको चेल्सी आर्सनल भन्दा ८ अंकले अगाडी छ। त्यस्तै पाँचौ स्थानको युनाइटेड भन्दा आर्सनल भन्दा १ अंकले पछाडी छ। स्मरण रहोस् आर्सनलले युनाइटेड भन्दा ३ खेल कम खेलेको छ। यस्तै आर्सनलसँग पराजित भएको लेस्टर भने लिगको बार्हौं स्थानमा छ। लेस्टरको ३३ अंक छ।

प्रकाशित : सोमबार, फागुन ३०, २०७८०९:४९

पोचेटिनोले भने – “मेस्सी र नेयमार विश्व स्तरीय खेलाडी हुन्, अपमान होइन सम्मान गरौँ”