“युनाइटेडलाई हराउन अन्तिम समय सम्म लड्छौं, जसरी पनि पछार्छौँ”

एजेन्सी – एट्लेटिको म्याड्रिडका फरवार्ड एन्टोनी ग्रिजम्यानले च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा पूरा टीम अन्तिम समय सम्म लड्ने बताएका छन्। पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा ग्रिजम्यानले म्यानचेस्टर युनाइटेड विरुद्धको दोस्रो लेगमा आफूहरु सबै शक्ति लगाएर खेल्ने बताएका हुन्।

च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा एट्लेटिको घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग बराबरीमा रोकिएको थियो। घरेलु मैदानमा जित निकाल्न नसकेपछि एट्लेटिको दबावमा छ। युनाइटेडको घरेलु मैदानमा खेल्न एट्लेटिकोलाई पक्कै पनि सहज हुने छैन।

मंगलबार राति हुने खेल बारे बोल्दै ग्रिजम्यानले जितका लागि पूरा टीम अन्तिम समय सम्म हरेक सेकेन्ड लड्ने बताए। युनाइटेड विरुद्ध एट्लेटिकोले जित निकाल्ने ग्रिजम्यानको विश्वास छ।

“हामी जित्ने आशा गर्छौं। जित निकालेर अर्को चरणमा प्रवेश गर्ने हाम्रो लक्ष्य छ। यसको लागि हामीसँग पूरा टीम छ। जित निकाल्न हामी हरेक सेकेन्ड लड्ने छौँ।”,ग्रिजम्यानले भने।

युनाइटेड विरुद्धको धेरै नै महत्वपूर्ण रहने हुँदा पहिलो रोजाईमा मात्र नभई वैकल्पिक खेलाडी पनि तयार रहने ग्रिजम्यानले बताए। एट्लेटिकोसँग युनाइटेडलाई हराउन सक्ने क्षमता रहेको ग्रिजम्यानको विश्वास छ।

उनले भने,”च्याम्पियन्स लिगका रातहरू सधैं विशेष हुन्छन्। अब हामी यसलाई राम्रो बनाउने, जित्ने र पार गर्ने आशा गर्छौं। हामीसँग जित निकाल्न सक्ने टोली छ। यो धेरै गाह्रो खेल हुनेछ। तर हामी हरेक मिनेट, हरेक सेकेन्ड लड्ने छौँ।”

प्रकाशित : सोमबार, फागुन ३०, २०७८११:०२

रोनाल्डोको छायाँ नहुँदा चम्किए बेन्जेमा, बेन्जेमाबाट टाढा हुँदा भने रोनाल्डोको यो हाल !