फागुन महिनाको अन्तिम दिन घट्यो सुनको मूल्य ! कति ?

काठमाडौँ – फागुन महिनाको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। साताको पहिलो दिन आइतबार बढेको सुनको मूल्य दोस्रो दिन घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य १ लाख २ हजार ३ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ५ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला १ लाख १ हजार ८ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ। महासंघले दिएको जानकारी अनुसार आज चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : सोमबार, फागुन ३०, २०७८१०:५७

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो