रोनाल्डोको छायाँ नहुँदा चम्किए बेन्जेमा, बेन्जेमाबाट टाढा हुँदा भने रोनाल्डोको यो हाल !

एजेन्सी – करिम बेन्जेमाको ह्याट्रिकको मद्दतमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई समग्रमा ३–२ ले हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगिसकेको छ ।

क्रिस्टियानो रानाल्डो विना पनि रियलले उच्च प्रदर्शन गरिरहेको छ । बेन्जेमाले रोनाल्डोको प्रस्थानपछि गरेको प्रदर्शन हेर्ने हो भने दुई खेलाडीबीचमा ठूलो भिन्नता देखिन थालेको छ ।

रियलका लागि सर्वाधिक गोलकर्ताको सुचीमा अल्फ्रेडो डि स्टेफानो र राउललाई सोही ह्याट्रिक पछि बेन्जेमाले पछि पारेका छन् । रोनाल्डोले रियल छाडेयता टोलीको त्यो २ सयौं खेल थियो ।

रोनाल्डोसँगै रियलबाट खेल्दा बेन्जमाले ३ सय ५५ खेलमा १ सय ५५ गोल गरेका थिए । त्यति ३ सय ५५ खेलमा भने रोनाल्डोले ३ सय ७१ गोल गरेका थिए । बिबिसीको नामले प्रख्यात बेल, बेन्जेमा र क्रिस्टियानोको आक्रमण जोडीले तहल्क नै मच्चाएको थियो । विशेषगरी दुई जनाबीचको आक्रमण जमेपनि त्यसको जस बेन्जमालाई कमै मात्र जाने गर्थ्यो ।

जब उनीहरुको साझेदारी टुट्यो, बेन्जेमा झन बढी लयमा र प्रभावकारी देखिएका छन् । पछिल्लो १ सय ८० खेलमा बेन्जेमाले १ सय १७ गोल गरेका छन् । जबकी रोनाल्डोले युभेन्ट्स र म्यानचेष्टर युनाइटेडका लागि १ सय ६५ खेलमा १ सय १९ गोल गरेका छन् ।

बेन्जमा र रोनाल्डो सँगै खेल्दा ९० मिनेटमा ०.६४ को औसतमा गोल गरेका बेन्जमाको पछिल्लो ९० मिनेटको औसत भने ०.७१ रहेको छ । अर्को तर्फ रोनाल्डोको गोल औसत भने कम भएको छ । बेन्जेमासँग खेल्दा रोनाल्डोको प्रति ९० मिनेटमा गोल १.०९ को औसतमा थियो । अहिले भने उनको गोल ९० मिनेटमा औसत ०.७५ गोल रहेको छ ।

प्रकाशित : सोमबार, फागुन ३०, २०७८११:३१

एम्बाप्पे र रियल बीच जनवरीमै सम्झौता भएको खुलासा, मिती नै बाहिरियो !