पिएसजीमा उथलपुथल: एम्बाप्पे मात्र नभई यी आठ खेलाडीले पनि पिएसजी छाड्न सक्ने ! को-को ?

एजेन्सी – च्याम्पियन्स लिग जित्ने अभियानमा यस सिजनका लागि पूर्णविराम लागेसँगै फ्रेन्च क्लब पिएसजीमा पहिरो जान सक्ने अवस्था शिर्जना भएको छ। फ्रेन्च मिडियाहरुका अनुसार आउने ट्रान्सफर विन्डोमा धेरै खेलाडीहरुले पिएसजी छाड्न सक्छन्।

आउने समर ट्रान्सफर विन्डोमा पिएसजीमा ठूलो परिवर्तन हुने र झनै ९ जना खेलाडीहरु क्लबबाट बाहिरिन सक्ने सम्भावना देखिएको फ्रेन्च मिडियाहरुको दावी छ।

पिएसजी छाड्न सक्ने खेलाडीको सूचीको शिर्ष स्थानमा किलियन एम्बाप्पेको नाम रहेको छ। यस सिजनको अन्त्यमा सम्झौता सकिँदै गरेका उनी रियल म्याड्रिड जाने उच्च सम्भावना छ। एम्बाप्पेले त अहिले नै रियलसँग अग्रिम सम्झौता गरिसकेको समेत बताउन थालिएको छ।

त्यस्तै एन्जल डि मारियाको पनि सम्झौता यहि सिजनको अन्त्यमा सकिँदै छ। पिएसजी र डि मारियाबीच सम्झौता थप्ने बारेमा अहिले सम्म खासै कुराकानी भएको छैन। जसकारण उनले आउने ट्रान्सफर विन्डोमा पिएसजी छाड्न सक्ने उच्च सम्भावना देखिन्छ। उनी इन्टर मिलान जान सक्ने सम्भावना रहेको बताइन्छ।

थिलो केहरर, जुलियन ड्राक्सलर, लेभिन कुर्जावा र एन्डर हेरेराले पनि पिएसजी छाड्न सक्छन्। पिएसजीमा खासै मौका पाउन नसकिरहेका यी चार खेलाडी पनि पिएसजी छाड्ने उचित मौकाको खोजिमा रहेका छन्।

त्यस्तै यसै सिजन पिएसजी आइपुगेका जर्जिनियो विजनाल्डम र सर्जियो रामोसले पनि पिएसजी छाड्न सक्ने बताइन्छ। दुवै खेलाडी पिएसजी आएपछि पहिला जस्तो प्रदर्शन गर्न सकिरहेका छैनन्। फ्रेन्च मिडियाहरुले गरेको दावी अनुसार लिआन्ड्रो परेडेस पनि पिएसजी छाड्न चाहन्छन् र पिएसजी पनि राम्रो अफर पाएको खण्डमा उनलाई बिक्री गर्ने पक्षमा रहेको छ।

प्रकाशित : मङ्गलबार, चैत ०१, २०७८१३:२७

क्रिस्टल प्यालेसले लिभरपुललाई दिएको त्यो उपहार …