सिटी क्रिस्टल प्यालेससँग रोकियो, लिभरपुल मालामाल !

एजेन्सी– इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । सिटी क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको हो ।

क्रिस्टल प्यालेसको मैदानमा म्यानचेस्टर सिटीले बल पोसेसन राख्दै घरेलु टोलीमाथि लगातार दवाव सिर्जना गरेपनि फिनिसिङमा चुक्दा सिटी बराबरीमा रोकिन बाध्य बन्यो ।

सेलह्रस्ट पार्कमा सोमबार राति भएको खेलको नवौं मिनेटमा रियाद महारेजको प्रयास बाहिरियो । २६औं मिनेटमा केभिन डि ब्रुएनको चलाखीपुर्ण फ्लिक पासमा क्यान्सेलोको प्रयासलाई क्रिस्टल प्यालेसका गोलरक्षक गुआइटाले विफल पारे ।

लगत्तै २७औं मिनेटमा जोओ क्यान्सेलोको झन्डै ३० यार्ड टाढाको प्रहार रिवाउन्ड हुँदा एमेरिक लोपोर्टाले प्रयास गरेपनि सफल हुन सकेन । ७०औं मिनेटमा ज्याक ग्रेलिस चुके । त्यसपछि थप गोल निस्कन नसक्दा सिटी बराबरीमा रोकिन बाध्य बन्यो ।

यो बराबरीसँगै सिटीले शीर्षस्थानमा थप अग्रता बढाउने अवसर गुमाएको छ । सिटीको २९ खेलबाट ७० अंक पुगेको छ । एक खेल कम खेलेको लिभरपुलको ६६ अंक छ । अब लिभरपुलले आफ्नो खेलमा सफलता हात पारे अंक दुरी १ मा छोट्याउनेछ । क्रिस्टल प्यालेस ३४ अंक जोडेर ११औ स्थानमा रहेको छ ।

प्रकाशित : मङ्गलबार, चैत ०१, २०७८०८:४४

फेरी पनि चम्किए बेन्जेमा, दुई गोलसँगै एक असिस्ट दिएपछि रियलको जित !