चैत महिनाको पहिलो दिन नै घट्यो सुनको मूल्य, सुन ११ दिनकै सस्तो !

काठमाडौँ – चैत महिनाको पहिलो दिन नै नेपाली बजारमा सुनको मूल्य घटेको छ। फागुन महिनाको अन्तिम दिन घटेको सुनको मूल्य आज पनि घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य १ लाख ५ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ हजार ८ सय सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला १ लाख रुपैंयाँमा कारोबार भइरहेको छ।

फागुन महिनाको शुरुवातबाटै बढ्न थालेको सुनको मूल्यले फागुन महिनामा रेकर्ड नै बनायो। सुन फागुन महिनामा इतिहाँसकै महँगो भएको थियो। फागुन महिनामा छापावाला सुनको मूल्य १ लाख ५ हजार ५ सय रुपैंयाँ सम्म पुग्दा तेजाबी सुन १ लाख ५ हजार रुपैंयाँ सम्ममा कारोबार भयो। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज कायम भएको सुनको मूल्य फागुन २० गतेकै सस्तो हो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ। महासंघले दिएको जानकारी अनुसार आज चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : मङ्गलबार, चैत ०१, २०७८११:४८

सबैलाई छक्क पार्ने ओलीको दावी, आफ्नै पार्टीका घनश्यामलाई पनि छाडेनन् !