एजेन्सी – बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्देजले पिएरे इमिरिक औवामियाङ बार्सिलोनाका लागि उपहार जस्तै रहेको बताएका छन्। लालिगामा ओसासुनामाथि शानदार जित निकालेपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा जाभीले औवामियाङ बार्सिलोनाको लागि उपहार रहेको बताएका हुन्।
बार्सिलोनाले ओसासुनालाई ४-० को गोल अन्तरले पराजित गरेको थियो। त्यसखेलमा औवामियाङले पनि गोल गरेका थिए। औवामियाङले बार्सिलोना आएयता लगातार गोल गरेका छन्। बार्सिलोनाका लागि लालिगामा ६ खेल खेल्दा उनले ५ गोल गरिसकेका छन्।
जाभीले औवामियाङलाई आकाशबाट झरेको उपहारको रुपमा चित्रण गरे। औवामियाङ बार्सिलोनाको टोलीमा छिट्टै घुलमिल भएरमा जाभीले खुशी व्यक्त गरे।
“औवामियाङ हाम्रो लागि आकाशबाट झरेको एक शानदार उपहार जस्तै हो। उनी धेरै सकारात्मक छन् र उनको आगमनले धेरै परिवर्तन भएका छन्।”,औवामियाङ बारे जाभीले भने।
पत्रकार समक्ष औवामियाङ गोल गर्ने मात्र नभई अवसरहरू सिर्जना गर्न सक्ने खेलाडी रहेको पनि जाभीले बताए। टीमको लागि औवामियाङ कडा परिश्रम गरिरहेको जाभीको भनाई छ। औवामियाङले बार्सिलोनाक लागि अझै धेरै गोल गर्न बाँकी रहेको बताउन पनि जाभीले छुटाएनन्।
उनले भने,”औवामियाङ ड्रेसिङ रुममा छिट्टै घुलमिल भए। उनी गोल मात्र गर्ने नभई गोलका अवसरहरु पनि शिर्जना गर्न सक्छन्। उनले हाम्रो लागि धेरै गोल गर्न बाँकी छ। हाम्रो टोलीमा उनी हुनु धेरै राम्रो कुरा हो।”

