सबैलाई छक्क पार्ने ओलीको दावी, आफ्नै पार्टीका घनश्यामलाई पनि छाडेनन् !

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा एमाले एक्लैले ठूलो मत प्राप्त गर्ने दावी गरेका छन्। मंगलबार काठमाडौं आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा ओलीले स्थानीय चुनावमा एमालेले एक्लै धेरै भन्दा धेरै स्थानीय तहमा जित हाँसिल गर्ने बताएका हुन्।

अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ६० देखि ७० प्रतिशत सिटमा निर्वाचन जित्ने दावी गरे। एमालेलाई कसैको बैसाखी टेक्नुपर्छ भन्ने नरहेको ओलीको भनाई छ।

“एमालेलाई कसैको बैसाखी टेक्नुपर्छ, ढोडको लौरो टेक्नुपर्छ भन्ने होइन । हामी एक्लै लड्न सक्छौ। हामी ६० देखि ७० प्रतिशत एक्लै जित्न सक्छौ । यति जित्नका लागि अरुको साहारा लिनुपर्दैन।”,ओलीले भने।

सो कार्यक्रममा ओलीले एमालेकै एक नेता माथि पनि व्यंग्यात्मक टिप्पणी गरे। एक राष्ट्रिय दैनिकमा ‘कम्युनिस्ट पार्टी मिल्ने कि सकिने ?’ भन्दै लेख लेख्ने नेता घनश्याम भुसाललाई ओलीले तथाकथित बुद्धिजीवीको संज्ञा दिए। भुसालले जनता झुक्याउन/अल्मल्याउन त्यस्ता कुरा गरेको ओलीको आरोप छ। त्यस्तै जिस्क्याउने खालका कुरा नगर्न भुसाललाई ओलीले आग्रह समेत गरे।

“कपा एमालेले कसरी जित्न सक्छ ? प्रगतिशिल शक्तिले कसरी जित्न सक्छ ? कुनै कुनै तथाकथित बुद्धिजीवीले लेख्छन्– कम्युनिस्टहरु मिल्ने कि समाप्त हुने ? भनेर’, ओलीले भने, ‘मोहन वैद्यको पार्टीसँग एमाले मिलेन भने एमाले समाप्त हुन्छ रे ? माधव नेपालको गुटसँग मिलेन भने एमाले समाप्त हुन्छ रे यो माधव नेपाललाई भनेको कि एमालेलाई भनेको यस्ता जिस्क्याउने काम नगर्न चेतावनी दिन्छु ।”,कम्युनिष्ट बीच एकता हुन नसक्ने संकेत गर्दै ओलीले भने।

प्रकाशित : मङ्गलबार, चैत ०१, २०७८१३:५१

नेप्सेमा दोहोरो अङ्कको गिरावट, यी कम्पनीका शेयर मूल्यमा पहिरो !