क्रिस्टल प्यालेसले लिभरपुललाई दिएको त्यो उपहार …

एजेन्सी – सिजन सकिन १० भन्दा कम खेल बाँकी रहेको अवस्थामा प्रिमियर लिगको उपाधि होड थाप रोचक बन्दै गएको छ। सोमबार राति सिटी क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएसँगै प्रिमियर लिगको उपाधि होड थप रोचक बनेको हो।

क्रिस्टल प्यालेसको घरेलु मैदानमा भएको खेलमा बलमा उल्लेख्य नियन्त्रण राखेर पनि सिटीले जित निकाल्न सकेन। सिटीले बलमा ७४ प्रतिशत नियन्त्रण बनाएको थियो। सिटीको तर्फबाट कुल १८ प्रहार भए। जस मध्ये ४ प्रहार टार्गेटमा थिए।

तर प्यालेसका डिफेन्डर र गोलरक्षक अन्तिम समय सम्म पनि बाधक बनिरहे। प्यालेसका गोलरक्षक भिसेन्टे गुएटा अगाडी सिटीका खेलाडीले गरेका सबै प्रहार फिक्का हुन पुगेका थिए। प्यालेसले सिटीलाई बराबरीमा रोक्दा सबै भन्दा धेरै फाइदा लिभरपुललाई हुन पुगेको छ।

सोमबार बराबरीमा रोकिएपछि सिटीले ६ अंकको अग्रता बनाउने मौका गुमाएको छ। अहिले लिभरपुल र सिटी बीच मात्रै ४ अंकको अन्तर छ। सिटीले २९ खेल खेल्दा ७० अंक बनाएको छ भने लिभरपुलले २८ खेल खेल्दा ६६ अंक बनाएको छ।

लिभरपुलले आउने खेलमा आर्सनलको सामना गर्दैछ। आर्सनलको घरेलु मैदानमा हुने खेलमा जित निकाल्न सके सिटी र लिभरपुल बीच मात्रै एक अंकको दूरी रहनेछ।

प्रिमियर लिग उपाधि होडमा केहि महिनामै ठूलो परिवर्तन देखिएको छ। केहि साता अगाडी मात्रै प्रिमियर लिग उपाधि होडमा सिटी एक्लै देखिन्थ्यो। तर पछिल्ला पाँच खेलमा मात्रै सिटीले ५ अंक गुमाइसकेको छ। पछिल्लो पटक टोटेनह्यामसँग पराजित हुँदा सिटीको तीन अंक गुमेको थियो भने प्यालेस विरुद्ध पनि सिटीले दुई अंक गुमायो। तर उता लिभरपुलले भने पछिल्ला पाँच खेलमा एक खेल पनि हारेको छैन।

प्रकाशित : मङ्गलबार, चैत ०१, २०७८१५:१४

एट्लेटिकोलाई ओल्डट्राफोर्ड के हो देखाउने रोनाल्डोको प्रण, खेल अगाडी पठाए चेतावनी !