एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिग जित्ने सपना जीवित राख्ने प्रण गरेका छन्। च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा एट्लेटिको म्याड्रिडको सामना गर्नु अगाडी सामाजिक स्नाजल मार्फत यस्तो बताएका हुन्।
म्यानचेस्टर युनाइटेडका समर्थकलाई लक्षित गर्दै रोनाल्डोले एट्लेटिको म्याड्रिडको सामना गर्दा ओल्डट्राफोर्डको वातावरणलाई गज्जब बनाउन आग्रह गरेका छन्। ओल्डट्राफोर्डलाई ‘थिएटर अफ ड्रिम्स’ किन भनिन्छ भन्ने कुरा प्रमाणित गर्ने तरिका वातावरण बनाउन रोनाल्डोको आग्रह छ।
“यो त्यो दिन हो जसलाई हामी सबैले पर्खिरहेका छौं। यो ओल्ड ओल्डट्राफोर्डलाई ‘थिएटर अफ ड्रिम्स’ किन भनिन्छ भनेर देखाउने एक मौका हो।”,रोनाल्डोले सामाजिक संजालमा लेखेका छन्।
च्याम्पियन्स लिगको सपनालाई जीवित राख्नको लागि घरेलु मैदानको वातावरण पछिल्लो खेलमा जस्तै राख्न आवश्यक रहेको रोनाल्डोले सामाजिक संजालमा उल्लेख गरेका छन्। च्याम्पियन्स लिगको सपना पूरा गर्न सबै एक हुनु पर्नेपनि रोनाल्डोले बताएका छन्।
उनी सामाजिक संजालमा लेख्छन्,”पछिल्लो घरेलु खेलमा देखिएको गज्जबको वातावरणलाई पुन: सिर्जना गरौं र हाम्रो च्याम्पियन्स लिगको सपनालाई जीवित राखौं!”

