एजेन्सी – प्रिमियर लिगको उपाधि अब म्यानचेस्टर सिटी एक्लैको हातमा छैन। केहि साता अगाडी सम्म उपाधि होडमा एक्लै देखिएपनि सिटी अब एक्लो उपाधिको दाबेदार रहेन। प्रिमियर लिग उपाधिका लागि अब लिभरपुल र सिटी बीच टक्कर हुनेछ।
सिटी सोमबार राति क्रिस्टल प्यालेससँग अंक बाड्न बाध्य भयो। एघारौं स्थानको प्यालेसले सिटीसँग एक अंक खोसेरै छाड्यो। खेलभर बलमा उल्लेख्य नियन्त्रण राखेर पनि सिटीले जित निकाल्न सकेन। सिटीले बलमा ७४ प्रतिशत नियन्त्रण बनाएको थियो। सिटीको तर्फबाट कुल १८ प्रहार भए। जस मध्ये ४ प्रहार टार्गेटमा थिए।
तर प्यालेसका डिफेन्डर र गोलरक्षक अन्तिम समय सम्म पनि बाधक बनिरहे। प्यालेसका गोलरक्षक भिसेन्टे गुएटा अगाडी सिटीका खेलाडीले गरेका सबै प्रहार फिक्का हुन पुगेका थिए। एक हिसाबले भन्ने हो भने गुएटाकै कारण सिटी बराबरीमा रोकिन पुगेको हो।
खेल पछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले गुएटासँग व्यक्तिगत रुपमै कुराकानी गर्दै देखिए। सामाजिक संजाल तथा मिडियाहरुमा सोक्रममा भिडियोहरु पनि देखा परेका छन्। भिडियोमा ग्वार्डिओला गुएटासँग गुनासो गरिरहेका देखिन्छन्। भिडियो हेर्दा यस्तो देखिन्छ कि ग्वार्डिओला गुएटासँग उनको व्यवहारको आलोचना गरिरहेका थिए। गुएटा भने ग्वार्डिओलालाई आफूले त्यतो गलत केहि नगरेको स्पष्टिकरण दिंदै गरेको जस्तै देखिन्छ।
Pep and Guiata at full-time…#😂😂
— Szoboszlai (@lfc_allting) March 14, 2022

