उडायो युनाइटेडको सबै सपना एटलेटिकोले !

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै स्पेनिस क्लब एटलेटिको म्याड्रिड यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा १-० को जितका साथ एटलेटिको अघि बढेको हो । पहिलो लेग १-१ को बराबरीमा सकिएको हुनाले एटलेटिको समग्रमा २-१ को जितसँगै युनाइटेडलाई हराउन सफल रहयो । एटलेटिकोको जितमा रेनान लोडीले खेलको एकमात्र गोल गरेका थिए ।

पहिलो हाफको ४१ औं मिनेटमा ब्राजिलियन डिफेन्डरले हेडरमार्फत गोल गरेका थिए । जोआओ फेलिक्सले दिएको चलाखीपूर्ण पासमा एन्टोइन ग्रिजमनले क्रस दिएपछि फार पोस्टमा रहेका लोडीले गोल गरेका थिए ।

युनाइटेडले बल पोसेसनमा अधिकांश समय पकड जमाएपनि गोल गर्न भने सकेन । यस हारसँगै युनाइटेड च्याम्पियन्स लिगको राउन्ड अफ १६ चरणबाट नै बाहिरिएको छ ।

प्रकाशित : बुधबार, चैत ०२, २०७८०७:५३

मेस्सी र रोनाल्डो दुवैका सपना चकनाचुर, गलत क्लबमा पुगेको पुष्टि !