ह्वात्तै बढ्यो गर्मी, तत्काल पानी पर्ने सम्भावना छ कि छैन ?

काठमाडौँ – बंगलादेशको तथा आसपासका क्षेत्रमा रहेको निम्न चापीय प्रणालीका कारण नेपालको मौसममा असर परेको छ। सो प्रणालीका कारण देशभर गर्मी बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभरको तापक्रम बढ्ने क्रममा छ। महाशाखाका अनुसार मंगलबार काठमाडौँको अधिकतम तापक्रम ३१.२ डिग्री सेल्सियस पुगेको थियो। देशभर सबैभन्दा बढी तापक्रम धरानमा पुगेको महाशाखाले जनाएको छ।

मंगलबार त्यहाँको तापक्रम ३५.७ डिग्री सेल्सियस थियो। त्यस्तै नेपालगञ्जमा र जनकपुरमा पनि अत्याधिक गर्मी महसुस गरिएको थियो। मंगलबार नेपालगञ्जमा ३३ डिग्री सेल्सियस, जनकपुरमा ३३.५ डिग्री सेल्सियस तापक्रम पुगेको बताइएको छ।

कस्तो रहला आगामी तीन दिनको मौसम ?

बुधबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा अपराह्नतिर मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। बुधबार राति भने देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

यस्तै बिहिबार दिउँसो र राति देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। शुक्रबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महशाखाको अनुमान छ।

प्रकाशित : बुधबार, चैत ०२, २०७८०८:४२

सुनको मूल्य लाखबाट पनि ओरालो लाग्यो, ह्वात्तै घट्यो ! कति ?