आयाक्सलाई बेन्फिकाले पछार्यो !

एजेन्सी – पोर्चुगिज क्लब बेन्फिका युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा डच क्लब आयाक्सलाई १–० ले तथा समग्रमा ३–२ को जित निकाल्दै बेन्फिका अन्तिम आठमा प्रवेश गर्न सफल भएको हो ।

योहान क्रुएफ एरिना आम्सटर्डममा मंगलबार राति भएको खेलमा बेन्फिकाको जितमा डार्विन नुनेजले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । पहिलो लेगको खेलको खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही अवसर सिर्जना गरेपनि बेन्फिका गोलले मात्रै गोल गर्न सफल भयो । उनले ७७औं मिनेटमा एलेक्स ग्रिमाल्डोको पासमा गोल गर्न सफल भएका थिए ।

मंगलबार राति नै भएको खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले इंग्लिस क्लब म्यानचेस्टर युनाइेटडलाई १–० ले तथा समग्रमा २–१ को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । दोस्रो लेगमा एट्लेटिकोको जितमा रेनान लोडीले गरेको गोल नै निर्णायक बन्यो ।

प्रकाशित : बुधबार, चैत ०२, २०७८०९:१२

च्याम्पियन्स लिग जित्ने सपना बोकेर युनाइटेड पुगेका थिए रोनाल्डो, तर …