पर्सीबाट अस्त हुँदैछ बुध ग्रह, यी ४ राशिले पाउनेछन् ठूला लाभ !

ज्योतिषशास्त्रमा ग्रहहरूको राशि परिवर्तनले मात्र होइन, तिनीहरूको स्थितिमा हुने हरेक सानो परिवर्तनले पनि ठूलो प्रभाव पार्छ। ग्रहको अस्त र उदय पनि यी महत्त्वपूर्ण घटनाहरूमा समावेश छन्। धन, बुद्धि, तर्क, व्यापारको कारक बुध ग्रह यो महिनामा अस्ताउँदैछ। ४ राशिका मानिसहरुमा यसको शुभ प्रभाव रहनेछ। कुनै पनि ग्रहको अस्त राम्रो मानिदैन। तर कहिलेकाहीँ केही राशिका लागि ग्रहहरूको अस्त पनि शुभ साबित हुन्छ। चैत्र ४ गते अर्थात पर्सी अस्ताउँदै गरेको बुध ग्रहले पनि ४ राशिका मानिसहरूलाई धेरै शुभ फल दिनेछ।

मेष राशि 

बुधको अस्ताउँदै गर्दा मेष राशिका मानिसहरूलाई कार्यस्थलमा मान सम्मान मिल्नेछ। आकस्मिक धन लाभ मिल्ने सम्भावना उच्च रहेको छ। कार्यक्षेत्रमा विशेष सफलता मिल्नेछ। समग्रमा यो समय रोजगारी र व्यवसायी दुबैका लागि शुभ रहनेछ।

मिथुन राशि 

मिथुन राशिका लागि बुधको अस्तले पदोन्नति-वृद्धिको योग बनाउँदैछ। यो समयले उनीहरुलाई प्रतिष्ठा पनि दिनेछ र आर्थिक स्थितिमा पनि ठूलो सुधार आउने देखिन्छ। पारिवारिक वातावरण निकै सुखमय रहनेछ।

मकर राशि 

बुध अस्ताउने वित्तिकै मकर राशि हुनेहरुको भाग्य चम्किन्छ। दाम्पत्य जीवनमा धेरै सुख प्राप्त हुनेछ। ठूलो धन लाभ मिल्ने प्रवल सम्भावना रहेको छ। अहिले सम्म चल्दै आएको आर्थिक समस्या अब अन्त्य हुनेछ। लगानी गर्नको लागि पनि यो समय उत्तम रहेको छ।

मीन राशि 

मीन राशिका व्यक्तिहरूलाई बुधको अस्ताउँदै गर्दा करियरमा प्रगति हुनेछ। रोजगार गर्नेले पदोन्नति पाउनेछन्, त्यसैले व्यवसायीहरूले कुनै नयाँ काम सुरु गर्न चाहनुहुन्छ भने गर्न सक्नुहुन्छ। पुराना लेनदेनहरू मिलाउन यो राम्रो समय हो।

प्रकाशित : बुधबार, चैत ०२, २०७८११:१३

अबको एक महिना यी ४ राशिले पाउनेछन् जता-ततैबाट लाभ नै लाभ, चम्किनेछ भाग्य !