अब यस्ता व्यक्तिहरुले म्यादी प्रहरीमा दरखास्त दिन नपाउने ! के-के छ व्यवस्था ?

काठमाडौँ – कुनै पनि राजनीतिक दलको सदस्य रहेका व्यक्तिहरुले म्यादी प्रहरीमा दरखास्त दिन नपाउने भएका छन्। नेपाल प्रहरीले चैत ६ गते देखि दरखास्त दिन पाउने गरी खुला गरेको भर्ना प्रक्रियामा राजनीतिक दलको सदस्य रहेकाहरु सहभागी हुन नपाउने भएका हुन्।

दरखास्तका लागि नेपाली नागरिक भएका, नैतिक पतन देखिने फौजदारी अभियोग नलागेका, कसुरदार ठहर नभएका, शारीरिक तथा मानसिक रुपले तन्दरुस्त, साधारण लेखपढ गर्न जान्ने तथा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को अनुसूची ३ मा उल्लेख भए बमोजिमको हुनुपर्ने नेपाल प्रहरीको मानवस्रोत एवं प्रशासन विभाग भर्ना छनोट महाशाखाले जनाएको छ।

मुख्यगरी सुरक्षा निकायमा गत साउनदेखि विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेशपत्रको प्रतिलिपि पेस गर्ने, पूर्वसुरक्षाकर्मी तथा पूर्ववनरक्षक, विगतका निर्वाचनमा म्यादी प्रहरीको रुपमा भर्ना भई सन्तोषजनक कार्य गरेकालाई प्राथमिकता दिइनेछ।

सार्वजनिक बिदा बाहेक यही चैत ६ देखि ११ गतेसम्म भर्नाका लागि दरखास्त दिन सकिने नेपाल प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर (काठमाडौँ, ललितपुर, भक्तपुर) तथा जिल्ला प्रहरी कार्यालयमा दरखास्त फारम बुझाउन सकिने छ।

अन्तिम नतिजा भने यही २२ गते सार्वजनिक हुनेछ । चैत २८ गते प्रशिक्षण दिइने छ । म्यादी प्रहरीको कार्यावधि ४० दिनको हुने छ । उनीहरुलाई जम्मा तलब रु ३० हजार २४०, खाद्यान्नबापतको एकमुष्ट रु सात हजार २०० र अन्य पोसाक तथा सामान खरिद गर्नेगरी प्रतिव्यक्ति रु ६ हजार उपलब्ध गराइने छ ।

प्रकाशित : बुधबार, चैत ०२, २०७८१३:३४

पेट्रोलियम पदार्थको मूल्य इतिहास कै महँगो, अझै महिनामा साढे १० अर्ब घाटा !