एजेन्सी – प्रिमियर लिग उपाधि होडमा रहेको लिभरपुलको आज राति वास्तविक परिक्षा हुँदैछ। जारी सिजनमा राम्रो प्रदर्शन गरिरहेको आर्सनलसँग लिभरपुल आमने-सामने हुन लागेको हो।
आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियम हुने खेलमा दुवै टोली जित निकाल्ने दाउमा हुनेछन्। आर्सनल जित निकाल्दै शिर्ष चारमा बलियो पकड बनाउने दाउमा हुनेछ। उता शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको दूरी घटाउन लिभरपुल पनि जित्ने पर्ने दबावमा हुनेछ।
आजको खेलमा जित निकाल्न सके आर्सनल ५४ अंक बनाएर चौंथो स्थानमा यथावत रहनेछ। त्यस्तै हारेको खण्डमा भने आउने दिनहरुमा अन्य क्लबहरुले उसलाई शिर्ष चारमा उछिन्ने सम्भावना बढ्नेछ।
त्यस्तै लिभरपुलले जित निकालेको खण्डमा भने सिटी र लिभरपुलको अन्त दूरी १ मा झर्नेछ। तर बराबरी वा हार बेहोरेको खण्डमा भने उपाधि होडमा सिटीलाई फाइदा पुग्नेछ।
प्रिमियर लिगमा आर्सनल पछिल्ला ६ खेलमा पराजित भएको छैन। सन् २०२२ को पहिलो दिन म्यानचेस्टर सिटीसँग २-१ को गोल अन्तरले पराजित भएयता आर्सनल प्रिमियर लिगमा अपराजित छ। आर्सनलले पछिल्ला पाँच खेलमा शतप्रतिशत जित निकालेको छ।
त्यस्तै प्रिमियर लिगमा लिभरपुल पनि राम्रो लयमा छ। सन् २०२२ मा भएका प्रिमियर लिगका कुनै पनि खेलमा लिभरपुल पराजित भएको छैन। सन् २०२२ को शुरुवातमा चेल्सीसँग बराबरी खेलेयता लिभरपुलले प्रिमियर लिगका सबै ८ खेल जितेको छ।
खेल कुन च्यानलमा हेर्ने ?
आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियम हुने खेल नेपाली समय अनुसार रातको रातको दुई बजे शुरु हुनेछ। खेल भारतीय च्यानल स्टार स्पोर्ट्स सेलेक्ट वानमा हेर्न सकिनेछ।

