यस वर्षको होली भोलि मनाइदै छ। होली हरेक वर्ष फागुन पूर्णिमाको दिन मनाउने गरिन्छ। ज्योतिष गणनाको अनुसार यस दिन दुई ठूला र महत्वपूर्ण ग्रहहरु; शनि र बृहस्पति मकर राशिमा हुनेछन्। साथै शुक्र र सूर्य दुबै ग्रह मीन राशिमा रहनेछन्। मंगल र राहु वृष राशिमा, बुध कुम्भ राशिमा र केतु वृश्चिक राशिमा रहनेछ। यस्तोमा होलीको दिन कुन राशिलाई शुभ रहनेछ र कुन राशिलाई अशुभ रहनेछ त ? जान्नुहोस्…..
मेष राशि
आम्दानीका नयाँ स्रोत भेटिनेछन्। पारिवारिक जीवनमा सुख-शान्तिमय वातावरण रहनेछ। तर तपाईंले क्रोध र आफ्नो बोलीमा नियन्त्रण गर्न आवश्यक छ।
वृष राशि
धन सम्बन्धि मामिलामा सफलताको सम्भावना छ। कार्यक्षेत्र सम्बन्धि विषयमा शुभ समाचार प्राप्त हुनेछ। सामाजिक जीवनमा सम्मान बढ्नेछ।
मिथुन राशि
तपाईंको सांसारिक सुखमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा पदोन्नतीको सम्भावना उच्च रहेको छ। रोजगारको खोजीमा रहेका मानिसले सफलता प्राप्त गर्नेछन्। धन लाभ मिल्ने योग रहेको छ।
कर्कट राशि
कुनै समस्याको समाधान गर्नु पर्ने हुनसक्छ। कार्यक्षेत्रमा रहाने अधिकतम व्यस्तताको कारण परिवारसँग समय बिताउन असमर्थ हुनुहुनेछ। तपाईंको आर्थिक पक्षमा सुधार देख्न सकिनेछ।
सिंह राशि
तपाईंको आत्मविश्वास बढ्नेछ। आर्थिक मामिलामा तपाईंले सफलता पाउनुहुनेछ। साथी-भाईबाट साथ सहयोगको पूर्ण अपेक्षा राख्न सकिन्छ। सामाजिक क्षेत्रमा मन-सम्मान बढ्नेछ।
कन्या राशि
आर्थिक लाभ मिल्ने सम्भावना उच्च रहेको छ। तपाईंले कार्यक्षेत्रमा ठूला सफलता हाँसिल गर्न सक्नुहुनेछ। पारिवारिक तथा दाम्पत्य जीवन सुखमय रूपमा बित्नेछ। महिला वर्गबाट लाबह मिल्ने सम्भावना देखिन्छ।
तुला राशि
तपाईंले भाग्यको पूरा साथ पाउनुहुनेछ। पारिवारिक जीवन राम्रो रहनेछ। तपाईं साथीहरूसँग पार्टीमा रमाउन सक्नुहुन्छ। यस समयमा तपाईंको सामाजिक सर्कल बढ्नेछ। नयाँ व्यक्तिहरूसँग परिचय बढ्नेछ।
वृश्चिक राशि
रोजगारको क्षेत्रमा सफलता मिल्नेछ। वैवाहिक जीवनमा अनुकूलता रहन सक्छ। भाग्यले साथ दिँदा राम्रो लाभ मिल्न सक्छ। धन लाभ मिल्ने पूरा सम्भावना रहेको छ। धार्मिक कार्यहरूमा चासो बढ्नेछ।
धनु राशि
तपाईंको सुख-सुविधामा वृद्धि हुनेछ। यस समयमा तपाईंको खर्च बढ्न सक्छ। व्यापारीहरूले राम्रो फाइदा पाउनेछन्। वैवाहिक जीवनमा एक-अर्का बीच प्रगाढता बढ्नेछ।
मकर राशि
केहि कुरालाई लिएर मनमा भ्रमको स्थिति रहिरहनेछ। कार्य-व्यवसायमा लाभ प्राप्त हुनेछ। तपाईंले आफ्नो जीवनसाथीबाट फाइदा लिन सक्नुहुन्छ। धन सम्बन्धि गरेको प्रयासमा अवरोध आउन सक्छ।
कुम्भ राशि
व्यापार-व्यवसाय क्षेत्रमा राम्रो सफलता प्राप्त गर्न सक्नुहुनेछ। मानसिक तनाब रहन सक्छ। बोलीमा ध्यान दिन जरूरी हुन्छ। अन्यथा अनावश्यक वाद-विवादमा पर्न सकिन्छ। सन्तान सुखको प्राप्ति हुनेछ।
मीन राशि
तपाईंले खानपानमा विशेष ध्यान दिन आवश्यक छ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ। कुनै पनि महत्वपूर्ण निर्णय राम्रोसँग सोच विचार गरेर मात्र लिनुहोस्। धन लाभ मिल्ने पूरा सम्भावना रहेको छ।