च्याम्पियन्स लिग उपाधि रक्षा गर्ने अभियानमा चेल्सी, क्वाटरफाइनल प्रवेश !

एजेन्सी – फ्रान्सेली प्रतिद्धन्द्धी लिललाई दुवै लेगमा पराजित गर्दै इंग्लिस क्लब चेल्सी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेगमा चेल्सीले २–० को तथा समग्रमा ४–१ को जित निकाल्दै अन्तिम आठमा पुग्न सफल भएको हो । बुधबार राति प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा घरेलु टोली लिलसँग एक गोलले पछि परेको स्थिति उल्ट्याएर २–१ को जित निकालेको हो ।

फ्रान्समा बुधबार राति भएको खेलमा चेल्सीको जितमा क्रिस्टियन पुलिसिस र सेसर एज्पिलिक्वेटाले गोल गरे । लिलका बुराक यिल्माजले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक खेलको ३८औं मिनेटमा बुराक यिल्माजको पेनाल्टी गोलबाट घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाउँदै खेलमा फर्काउने संकेत दिएको थियो । तर, त्यसपछि थप गोल गर्न नसक्दा लिल बाहिरिन पुग्यो । छेकाको प्रहार जर्गिन्होलाई ह्यान्ड भएको भन्दै रेफ्रीले भिएआरको सहायतामा लिललाई पेनाल्टी प्रदान गर्दा बुराक चुकेनन् ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा क्रिस्टियन पुलिसिसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले जर्गिन्होको पासमा बराबरी गोल फर्काउन सफल भएको हो ।

७१औं मिनेटमा कप्तान सिसर एज्पिलिक्वेटाले गोल गर्दै चेल्सीको जित पक्का गरे । उनले मासन माउन्टको क्रसलाई सदुपयोग गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी विजयी हुन सफल भयो ।

प्रकाशित : बिहिबार, चैत ०३, २०७८०९:५५

बल हालाण्डको कोर्टमा, जहाँ चाह्यो त्यहिँ जान पाउने !