काठमाडौँ – कोरोना महामारीका कारण विगत दुई वर्षसम्म होली पर्व मनाउन नपाएका आम नागरिकले यस वर्ष भने उत्साहपूर्वक होली मनाएका छन्। २०७६ र २०७७ सालको होली कोरोना भाइरसको महामारीका कारण खुलेर मनाउन नपाएपनि यस वर्ष भने देशभर खुलेर मनाइएको हो।
सामाजिक संजाल होलीका तस्विरहरुले रंगिन भएका छन्। सर्वसाधारण देखि सेलिब्रिटी सम्म सामाजिक संजालमा होलीका शुभकामना साटासाट गरिरहेका देखिएका छन्।
यसै बीच चर्चित नायिका प्रियंका कार्कीले पनि छोरी आयांकासँग पहिलो होली मनाइन्। कार्कीले पति आयुष्मान देशराज जोशी र छोरी आयांकासँग होली मनाएकी हुन्।
उनले होलीका तस्विरहरु पनि सामाजिक संजालमा सार्वजनिक गरेकी छन्। सार्वजनिक तस्विरहरुमा उनीसँगै उनका पति र छोरी पनि देखिएका छन्। तस्विर सार्वजनिक गर्दै आयांकाले पहिलो होली धेरै मन पराएको पनि उल्लेख गरेकी छन्।
तस्विर: प्रियंकाको इन्स्टाग्राम