युनाइटेड नछाड्ने रोनाल्डोको निर्णय, अर्को सिजन सम्भव सबै उपाधि जित्ने योजना !

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सम्झौता नसकिएसम्म म्यानचेस्टर युनाइटेडमै रहने भएका छन्। बेलायती मिडियाहरुका अनुसार रोनाल्डो सम्झौता नसकिएसम्म युनाइटेडमै रहने निर्णयमा पुगेका हुन्।

रोनाल्डो युनाइटेडसँग भएको सम्झौता नसकिएसम्म क्लबमै रहनेमा प्रतिबद्ध रहेको बेलायती मिडियाहरुको दावी छ। यस अगाडी रोनाल्डो युनाइटेड छाड्ने मनस्थितिमा पुगेको भनिएपनि अब उनी युनाइटेडमै रहने निर्णयमा पुगेको बताइन्छ।

रोनाल्डो यसै सिजन युभेन्टसबाट युनाइटेड पुगेका थिए। करियरको अन्तिम वर्षहरुमा रहेका उनी उपाधि जित्ने लक्ष्य लिएर पूर्वक्लब युनाइटेड फिर्ता भएका थिए। तर जारी सिजन युनाइटेड उपाधि विहिन हुने पक्का भइसकेको छ। युनाइटेड प्रिमियर लिग उपाधि देखि टाढा छ र अन्य कप उपाधिबाट पनि युनाइटेड बाहिरिसकेको छ।

त्यस्तै केहि दिन अगाडी मात्र युनाइटेड च्याम्पियन्स लिगबाट पनि आउट भयो। यससँगै युनाइटेडबाट थप उपाधि जित्ने रोनाल्डोको लक्ष्य जारी सिजनका लागि अपूरो हुने भएको छ।

तर रोनाल्डोले आउने सिजन नयाँ प्रशिक्षक आएपछि युनाइटेडले राम्रो प्रदर्शन सक्नेमा आशावादी रहेका छन्। जारी सिजनमा युनाइटेड च्याम्पियन्स लिगका लागि छनौट नभएपनि युनाइटेडमै बस्ने उनको निर्णय रहेको छ। युनाइटेड फिर्ता भएयता रोनाल्डोले सबै प्रतियोगितामा ३२ खेल खेलिसकेका छन्। जसमा उनले १८ गोल गर्दै ३ असिस्ट दिएका छन्।

प्रकाशित : शुक्रबार, चैत ०४, २०७८१२:५७

च्याम्पियन्स लिग र युरोपा लिगको ड्र आज हुँदै, नेपाली समयमा यसरी हेर्नुहोस् लाइभ !