युइएफए च्याम्पियन्स लिग अन्तिम ८ को ड्र सम्पन्न भएको छ। भर्खरै मात्र स्विट्जरल्याण्डको न्योनमा रहेको युइएफएको हाउस अफ युरोपियन फुटबलमा क्वाटर-फाइनलको ड्र सम्पन्न भएको हो। अन्तिम ८ खेलको पहिलो लेग ५ र ६ अप्रिलमा हुनेछ भने दोस्रो लेग १२ र १३ अप्रिलमा हुनेछ।
यस्तो छ अन्तिम ८ को पूरा ड्र:-
चेल्सी भर्सेस रियल म्याड्रिड
म्यानचेस्टर सिटी भर्सेस एथलेटिको म्याड्रिड
भिल्लारियल भर्सेस बार्यन म्युनिख
बेन्फिका भर्सेस लिभरपुल
सेमी-फाइनलमा भने चेल्सी र रियल म्याड्रिड बीचको विजेता र म्यानचेस्टर सिटी र एथलेटिको म्याड्रिड बीचको विजेतासँग हुनेछ भने दोस्रो सेमी-फाइनल खेलमा बार्यन म्युनिख र भिल्लारियल बीचको विजेता र बेन्फिका र लिभरपुल बीचको विजेतासँग हुनेछ।
युरोपा लिगको ड्र केही समयमा
च्याम्पियन्स लिगमा जस्तै, क्वार्टर फाइनल, सेमिफाइनल र फाइनल ड्र सबै शुक्रबार नेपाली समय अनुसार ६:१५ मा हुनेछ, च्याम्पियन्स लिगको ड्र समाप्त भएपछि। त्यस्तै, युरोपा लिगमा पनि अबको चरणबाट कुनै सीडिङ हुनेछैन। दुई लेगको क्वार्टरफाइनल ७ र १४ अप्रिलमा हुनेछ, सेमिफाइनल २८ अप्रिल र ५ मेमा हुनेछ र फाइनल १८ मे बुधबार सेभिल्लाको रामोन सान्चेज-पिज्जुआन स्टेडियममा हुनेछ।
युरोपा लिगको क्वार्टरफाइनल टोली: एटलान्टा (इटाली), बार्सिलोना (स्पेन), ब्रागा (पोर्चुगल), इनट्राक्ट फ्रान्कफर्ट (जर्मनी), लियोन (फ्रान्स), रेंजर्स (स्कटल्याण्ड), आरबी लाइपजिग (जर्मनी), वेस्ट ह्याम (इंग्ल्याण्ड)।

