च्याम्पियन्स लिगको सेमिफाइनलमा होला त लिभरपुल र बायर्नको भेट ?

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको ड्र सम्पन्न भएको छ। शुक्रबार एक कार्यक्रमक बीच ड्र सम्पन्न भएको हो। अन्य क्लबको तुलनामा लिभरपुल र बायर्न म्युनिखले सहज प्रतिद्वन्दी पाएका छन्।

सन् २०१९ को च्याम्पियन्स लिग विजेता लिभरपुलले क्वाटरफाइनलमा पोर्चुगिज क्लब बेन्फिकाको सामना गर्नेछ। बेफिकालाई क्वाटरफाइनलका अन्य टोलीको तुलनामा केहि कम्जोर टोली मानिएको छ। बेन्फिका अन्तिम १६ मा आयक्सलाई पराजित गरेर क्वाटरफाइनल प्रवेश गरेको हो।

त्यस्तै सन् २०२० को विजेता बायर्न म्युनिखले पनि कम्जोर आँकिएको भिल्लारियललाई क्वाटरफाइनल प्रतिद्वन्दीको रुपमा पाएको छ। भिल्लारियल युभेन्टसलाई पराजित गरेर क्वाटरफाइनलमा आइपुगेको हो।

अब क्वाटरफाइनलमा बेन्फिका र भिल्लारियल अन्डरडगको रुपमा सेमिफाइनल प्रवेश गर्ने दाउमा हुनेछन्। तर हालको लयलाई हेर्ने हो भने लिभरपुल र बायर्न दुवै सेमिफाइनलमा प्रवेश गर्ने बढी सम्भावना छ। यस हिसाबले दुई बीच सेमिफाइनलमा भेट हुनेछ।

पछिल्ला वर्षहरुमा लिभरपुल र बायर्न बीच खासै भेट भएको छैन। यी दुई बीच सन् २०१९ मा च्याम्पियन्स लिगको अन्तिम १६ मा भेट भएको थियो। पहिलो लेग गोल रहित बराबरीमा टुंगिदा दोस्रो लेगमा लिभरपुल ३-१ को गोलअन्तरले विजयी भएको थियो। त्यसयता यी दुई बीच भेट भएको छैन। उच्च प्रदर्शन गरिरहेका यी दुई बीचको खेलको प्रखाईमा फुटबलका पारखीहरु छन्।

प्रकाशित : शुक्रबार, चैत ०४, २०७८१७:२८

एकक्लासि: बेन्जेमा खेल्ने सम्भावना कति ?