रियलले चेल्सीलाई सान्टियागो बर्नाबेउको स्वाद चखाउने ! लिन सक्ला बदला ?

एजेन्सी – गत सिजन रियल म्याड्रिड च्याम्पियन्स लिग जित्ने योजनामा थियो। तर रियलको योजनामा चेल्सी बाधक बन्यो। च्याम्पियन्स लिगको सेमिफाइनलमा भेट हुँदा चेल्सीले रियललाई मात्र हराएन च्याम्पियन्स लिग नै जित्यो।

सेमिफाइनलको पहिलो लेग रियल म्याड्रिडको घरेलु मैदानमा भएको थियो। सो खेल १-१ को बराबरीमा टुंगिन पुग्यो। तर चेल्सीको घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा भने चेल्सीले उत्कृष्ट प्रदर्शन गर्यो। चेल्सीले रियलको पोस्टमा दुई गोल गर्दा रियलले एक गोल पनि गर्न सकेन। रियल समग्रमा १-३ को गोल अन्तरले चेल्सीसँग पराजित भयो।

गत वर्ष रियल र चेल्सी बीच इतिहाँसमै पहिलो पटक च्याम्पियन्स लिगमा आमने-सामने भएका थिए। पहिलो पटककै भेटमा हार बेहोरेको पिडा रियल म्याड्रिडसँग छ। यस पटकको च्याम्पियन्स लिगमा पनि यी दुई आमने-सामने हुँदैछन्।

च्याम्पियन्स लिगको क्वाटरफाइनलमै यी दुई बीच भेट हुन लागेको हो। पहिलो लेग चेल्सीको घरेलु मैदानमा अप्रिल ७ मा हुनेछ भने दोस्रो लेग अप्रिल १३ मा हुनेछ। उच्च लयमा रहेको रियोल यसपालि चेल्सीसँग बदला लिने दाउमा हुनेछ।

सान्टियागो बर्नाबेउको स्वाद चखाउने रियलको योजना

गत सिजन चेल्सीको सामना गर्दा रियलले क्लबको दोस्रो स्टेडियमको प्रयोग गरेको थियो मुख्य स्टेडियम सान्टियागो बर्नाबेउ मर्मतमा रहेका कारण रियलले दोस्रो मैदान प्रयोग गरेको थियो। तर मर्मतको कार्यपश्चात सान्टियागो बर्नाबेउ प्रयोगमा आइसकेको छ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)लाई सान्टियागो बर्नाबेउको तागत देखाइसकेको रियल चेल्सीलाई पनि सान्टियागो बर्नाबेउको स्वाद चखाउने दाउमा हुनेछ।

प्रकाशित : शनिबार, चैत ०५, २०७८१०:१६

रोनाल्डोको सफलता देख्नै सक्दैनन् यी पूर्व खेलाडी, भन्छन् -‘रोनाल्डो फुटबलर नै होइनन्’