दक्षिण एसियाकै खुसी देश बन्यो नेपाल, विश्वको कतियौं स्थानमा पर्यो ?

sf7df8f}F, # r}tM xf]nLdf klg /fli6«otf xf]nLsf] /ªun] cg'xf/df g]kfnsf] /fli6«o em08f agfP sf7df8f}Fsf] a;Gtk'/df xf]nL v]Ng ;xefuL o'jf . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौँ – संयुक्त राष्ट्रसङ्घले विश्व खुसी प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएको छ । लगातार पाँच वर्षदेखि उक्त देश सर्वाधिक खुसी राष्ट्रको सूचीमा परेको छ ।

दक्षिण एसियाली मुलुकमा नेपाल ८५औँ स्थानमा रहेको छ भने भारत १३६औँ स्थानमा पुगेको छ । गत वर्ष भारत १३९औँ स्थानमा थियो । दक्षिण एसियाका खुसी देशको सूचीमा बङ्गलादेश ९९औँ र पाकिस्तान १०३औँ नम्बरमा पुगेको छ ।

सूचीअनुसार चीन नेपालभन्दा तीन स्थानमाथि अर्थात् ८२औँ नम्बरमा रहेको छ । अफगानिस्तानलाई दक्षिण एसियाको दुःखी देशका रुपमा प्रतिवेदनमा चित्रण गरिएको छ ।

फिनल्यान्डपछि डेनमार्क, आइसल्यान्ड, स्विटजरल्यान्ड, नेदरल्यान्ड्स, लक्जेम्बर्ग, स्विडेन, नर्वे, इजरायल, न्युजिल्यान्ड र अस्ट्रिया सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएका छन् ।

प्रकाशित : शनिबार, चैत ०५, २०७८१४:२१

“ओली र दुर्योधन एकै हुन्, चुनावमा घमन्ड तोडिन्छ”