एन्सेलोटीले भेट्टाए बेन्जेमाको विकल्प ! बार्सिलोना विरुद्ध कसलाई उतार्न लागे ?

एजेन्सी – आइतबार राति रियल म्याड्रिडले घरेलु मैदानमा बार्सिलोनाको सामना गर्दैछ। सिजनको अन्तिम एलक्लासिकोमा रियलले बार्सिलोनाको सामना गर्दा रियलका मुख्य खेलाडी करिम बेन्जेमा हुनेछैनन्।

बेन्जेमा पछिल्लो खेलमा घाइते भएका थिए। गत मंगलबार राति रियल मल्लोर्का विरुद्धको उनलाई चोट लागेका थियो। त्यसयता उनी आराम गरिरहेका छन्। उनको चोट खासै गम्भीर नरहेपनि उनलाई प्रशिक्षक कार्लो एन्सेलोटीले बार्सिलोना विरुद्ध मैदानमा उतार्ने छैनन्।

एन्सेलोटीका अनुसार उनले बेन्जेमाको स्थानमा कसलाई खेलाउने भनेर निर्णय गरिसकेका छन्। शनिबार आयोजित पत्रकार सम्मेलनमा एन्सेलोटीले बेन्जेमाको स्थानमा कसलाई खेलाउने भन्ने विषयमा आफूले निर्णय गरिसकेको सुनाएका। तर उनले ती खेलाडी को हुन् भन्ने बारे पनि खुलाउन चाहेनन्।

उनले आफूसँग धेरै विकल्पहरु रहेको दावी गरे। ग्यारेथ बेल, मारियानो, लुका जोभिक, इस्को र रोड्रिगो जस्ता खेलाडीहरु विकल्पको रुपमा रहेको एन्सेलोटीले बताए।

“बेन्जेमाको स्थानमा कसलाई खेलाउने भनेर मैले निर्णय गरिसकेको छु। तर म अहिले यस बारे केहि बोल्दिन। हामीसँग बेल, मारियानो र जोभिक जस्ता खेलाडीहरु विकल्पमा छन्। जबकि इस्को वा रोड्रिगो पनि खेलिरहेका छन्।”,एन्सेलोटीले भने।

एन्सेलोटीले बेन्जेमा आफ्नो स्क्वाडका लागि धेरै महत्वपूर्ण खेलाडी रहेको पनि बताए। एन्सेलोटीले बेन्जेमाको चोटले रियलको टोलीलाई खासै ठूलो प्रभाव नपार्नेमा उनी ढुक्क देखिए। बेन्जेमा थप बलियो भएर फिर्ता हुने उनको विश्वास छ।

प्रकाशित : शनिबार, चैत ०५, २०७८१९:३९

बार्सिलोना र जाभीको वास्तविक परीक्षा आज हुँदै, बेन्जेमा नहुँदाको फाइदा उठाउने दाउ !