जाभी भर्सेस रियल म्याड्रिड: के छ जाभीको इतिहाँस ?

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आज राति रियल म्याड्रिडको सामना गर्दैछ। लालिगाको दोस्रो एक क्लासिकोमा बार्सिलोनाले रियल म्याड्रिडको सामना गर्न लागेको हो।

आज हुने खेल दुवैका लागि महत्वपूर्ण हुनेछ। बार्सिलोना रियललाई पराजित गरेर दोस्रो स्थानमा उक्लिने सम्भावना बलियो बनाउने दाउमा हुनेछ भने रियल बार्सिलोनालाई पराजित गरेर शिर्ष स्थानको अग्रता बढाउनमा केन्द्रित हुनेछ।

बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्देजको यो दोस्रो एल क्लासिको हो। बार्सिलोनाको प्रशिक्षक भएर आएपछि उनले जनवरीमा स्पेनिस सुपर कपको सेमिफाइनलमा रियलको सामना गरेका थिए। त्यसबेला बार्सिलोना ३-२ को गोल अन्तरले पराजित भएको थियो। खेलाडीको रुपमा भने जाभीले कयौं पटक रियलको सामना गरिसकेका छन्।

के छ जाभीको रेकर्ड ?

जाभीले बार्सिलोनाबाट खेल्दा रियल म्याड्रिडको कुल ४२ पटक सामना गरेका छन्। त्यसमा उनले १७ खेलमा जित चाखेका थिए भने १३ खेलमा हार बेहोरेका थिए। त्यस्तै १२ खेलमा भने बराबरी खेलेको रेकर्ड छ।

जारी सिजनमा रियल उच्च लयमा छ। लालिगामा रियल बार्सिलोना भन्दा १५ अंकले अगाडी छ। लिगको शिर्ष स्थानमा रहेको रियलले ६६ अंक बटुल्दा एक कम खेलेको बार्सिलोनाले ५१ अंक बनाएको छ।

रियल म्याड्रिडले लालिगाको पहिलो एल क्लासिकोमा बार्सिलोनालाई पराजित गरेको थियो। बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा रियल २-१ ले जित निकाल्न सफल भएको थियो।

प्रकाशित : आइतबार, चैत ०६, २०७८०८:५०

सिरी ‘ए’ उपाधिका लागि कडा टक्कर: मिलान र नेपोलीको जित, इन्टर रोकियो !