फ्रान्सेली राष्ट्रिय टोलीका प्रशिक्षकले भने – ‘एम्बाप्पे जहाँ गएपनि हामीलाई फरक पर्दैन’

एजेन्सी – फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक डिडियर डेसच्याम्पले किलियन एम्बाप्पे जहाँ गएपनि राष्ट्रिय टोलीलाई कुनै असर नपर्ने बताएका छन्। एम्बाप्पे पेरिस सेन्ट जर्मेन(पिएसजी) छाडेर रियल म्याड्रिड जाने चर्चा चलिरहेका बेला डेसच्याम्पले एम्बाप्पे जहाँ भएपनि राष्ट्रिय टोलीको छनौटलाई कुनै असर नपर्ने बताएका हुन्।

एक मिडियासँग एम्बाप्पेको ट्रान्सफर बारे बोल्दै डेसच्याम्पले एम्बाप्पेको निर्णयले राष्ट्रिय टोलीमा कुनै असर नपार्ने बताए। एम्बाप्पेले जे निर्णय गरेपनि आफूहरुलाई फरक नपर्ने उनको भनाई छ।

“मलाई यसमा केहि टिप्पणी गर्नु छैन। मेरो कुनै राय छैन। जे गर्छन् एम्बाप्पेले गर्छन्। सबै निर्णय गर्ने अधिकारि एम्बाप्पेसँग छ। उनले जे निर्णय गरेपनि फ्रान्सेली टोलीमा कुनै असर पर्ने छैन।”,डेसच्याम्पले भने।

डेसच्याम्पले एम्बाप्पे कहाँ जाने भनेर निर्णय गर्ने अधिकार एम्बाप्पे र उनको परिवारलाई रहेको बताए। एम्बाप्पेले के निर्णय लिन्छन् भन्ने बारे पनि आफूलाई कुनै जानकारी नभएको डेसच्याम्पको भनाई छ।

उनले भने,”एम्बाप्पे कहाँ जाने, कहाँबाट खेल्ने भन्ने निर्णय नितान्त एम्बाप्पे र उनको परिवारको हुनेछ। मलाई यसबारे कुनै जानकारी छैन। र म यस बारे जानकारी लिन पनि चाहन्न।”

एम्बाप्पेको निर्णयले केहि खेलाडीहरुलाई असर गर्ने भएपनि फ्रान्सको राष्ट्रिय टोलीलाई भने कुनै पनि असर नपर्ने डेसच्याम्पले दोहोर्याए।

प्रकाशित : आइतबार, चैत ०६, २०७८१०:१६

सिटीले हालाण्ड भित्र्याउन लागेको बारे प्रश्न गरिँदा ग्वार्डिओलाले दिए जोडदार प्रतिक्रिया ! के भने ?