एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) च्याम्पियन्स लिगबाट अप्रत्याशित ढंगबाट बाहिरिसकेको छ। च्याम्पियन्स लिगको पहिलो लेगमा रियल म्याड्रिडलाई पराजित गरेर पनि दोस्रो लेगमा करिम बेन्जेमा हावी हुँदा पिएसजीको च्याम्पियन्स लिग जित्ने सपनामा यस सिजनका लागि पूर्णविराम लाग्यो।
दोस्रो लेगमा यसै सिजन क्लब भित्रिएका सुपरस्टार फरवार्ड लिओनेल मेस्सीको प्रदर्शन बिर्सनलायक थियो। नेयमारले पनि अपेक्षा गरिएजस्तो प्रदर्शन गर्न सकेनन्। च्याम्पियन्स लिगमा कमाल गर्न नसकेपछि पिएसजी समर्थक मेस्सी र नेयमार दुवै माथि खनिए।
गत आइतबार बोर्डोविरुद्ध पिएसजी उत्रँदा पिएसजीका समर्थकले मेस्सी र नेयमार विरुद्ध हुटिङ गरे। नेयमार र मेस्सीलाई लक्षित गर्दै पिएसजी समर्थकले समर्थकले सिठी बजाउँदै ‘बु’ गरे गरे। मेस्सी र नेयमारले पल चलाइरहेको समयमा पनि हुटिङ गरियो।
यस्तै बीच पिएसजीका प्रशिक्षक मौरिसियो पोचेटिनोले मेस्सी र नेयमार माथि भएको सो व्यवहारले सिङ्गो टोलीलाई नै दुखि बनाएको बताएका छन्। पिएसजी समर्थकबाट भएको सो व्यवहारले समग्रमा सबैलाई असर पारेको पोचेटिनोले बताए। क्लबलाई नयाँ-नयाँ उपाधि दिलाउने हरेक खेलाडीको चाहना हुने भएपनि कहिलेकाहिँ असफलता हार लाग्ने पोचेटिनोको भनाई छ।
“हामीले जे अनुभव गर्यौं, त्यो एकदमै दुखद थियो। हामी यसलाई सामूहिक रूपमा बाँचिरहेका छौं। सो घटनाले हामी सबैलाई असर गरेको छ।”,मेस्सी र नेयमार माथि भएको व्यवहार बारे पोचेटिनोले भने।

