एन्जेल डी मारिया बार्सिलोना जाने चर्चा ! के छ सम्भावना ?

एजेन्सी – सन् २०१५ मा पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेका अर्जेन्टिनी स्टार एन्जेल डी मारियाको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदै छ। सम्झौता सकिने समय आउँदा सम्म पनि पिएसजीको तर्फबाट कुनै ठोस प्रस्ताव भएको छैन। एक वर्ष सम्झौता थप गर्न सक्ने व्यवस्था भएपनि पिएसजीको तर्फबाट कुनै प्रस्ताव नहुँदा उनले आउने ट्रान्सफर विन्डोमा क्लब छाड्न सक्छन्।

पिएसजीमा भविष्य अनिश्चित हुँदा डी मारियाका एजेन्टहरु अहिले देखि नै नयाँ क्लबको खोजिमा जुटेका छन्। डी मारियाका एजेन्टहरुले उनलाई लालिगा फिर्ता गराउने प्रयास गरिरहेका छन्। उनलाई बार्सिलोना वा एथ्लेटिको म्याड्रिड मध्ये एक क्लबमा ल्याण्ड गराउने मारियाका एजेन्टको प्रयास छ।

तर पछिल्लो खबरका अनुसार डी मारिया बार्सिलोना जाने सम्भावना कम छ। पहिला रियल म्याड्रिडबाट खेलेका डी मारियालाई भित्र्याउन बार्सिलोना त्यति इच्छुक देखिएको छैन। स्पेनको एक मिडियाका अनुसार डी मारिया बार्सिलोना जाने कुनै पनि सम्भावना छैन। चर्चित पत्रकार एडुआर्डो इन्डा डी मारियालाई भित्र्याउने बार्सिलोनाको कुनै पनि योजना नरहेको बताउँछन्।

प्रशिक्षकको रुपमा जाभी हर्नान्देजले जिम्मेवारी सम्हालेपछि बार्सिलोना ध्यान युवा खेलाडीहरुमा केन्द्रित छ। यस्तोमा बार्सिलोनाले करियरको अन्तिम वर्षहरुमा रहेका डी मारियालाई भित्र्याउने कम सम्भावना छ।

बार्सिलोनाले भित्र्याउन नचाहेपछि उनका एजेन्टहरुले एथ्लेटिकोसँग कुराकानी अगाडी बढाउने योजना बनाएका छन्। डी मारिया माथि एथ्लेटिकोले भने चासो राख्न सक्ने एडुआर्डो इन्डाको भनाई छ।

प्रकाशित : आइतबार, चैत ०६, २०७८१०:१६

पोचेटिनो भन्छन् – ‘मेस्सी र नेयमार माथि भएको व्यवहारले सबैलाई दुखि बनाएको छ’