एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ । घरेलु टोली रायो भालेकानोलाई १–० ले हराएपछि एट्लेटिको म्याड्रिडले अंक तालिकामा बार्सिलोनालाई पछि पारेको हो ।
एट्लेटिको म्याड्रिडको जितमा कप्तान कोकीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ४९औं मिनेटमा जोआओ फेलिक्सको पासमा गोल गर्न सफल भएका थिए ।
यो जितसँगै एट्लेटिको म्याड्रिडको २९ खेलबाट ५४ अंक पुगेको छ । दुई खेल कम खेलेको बार्सिलोनाको ५१ अंक छ । पराजित रायो भालेकानो ३२ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

