अबको केही हप्तापछि नै नयाँ वर्ष २०७९ सुरु हुँदैछ। आउँदै गरेको नयाँ वर्ष विक्रम नवसंवत्सर २०७९ ले केही राशिका लागि निकै शुभ फल ल्याउने भएको छ। नयाँ वर्षले ४ राशिका मानिसलाई धन, प्रतिष्ठा र इज्जत सबै प्रदान गर्नेछ। यी व्यक्तिहरूलाई सूर्य देवता र माता लक्ष्मीको धेरै आशीर्वाद रहनेछ। ज्योतिष शास्त्रका अनुसार सूर्यको कृपाले वर्षभरि नै यी व्यक्तिहरूले धेरै प्रगति र मान-सम्मान प्राप्त गर्नेछन्। जानौँ ती भाग्यशाली राशिका व्यक्तिहरू को हुन्।
मेष राशि

मेष राशिका लागि नयाँ वर्ष निकै शुभ रहनेछ। तपाईंको आत्मविश्वास निकै बढ्नेछ। काममा सफलता मिल्नेछ। करियर-व्यवसायमा प्रगति हुनेछ, धन लाभ हुनेछ। तपाईंको मान-सम्मानमा वृद्धि हुनेछ। माता लक्ष्मीको कृपाले जीवनमा सुख-समृद्धि बढ्नेछ।
कन्या राशि

कन्या राशिका व्यक्तिहरूलाई नयाँ वर्षमा धार्मिक यात्राको अवसर मिल्नेछ। यो यात्रा सुखद रहनेछ। अहिले सम्म चल्दै आएको आर्थिक समस्या अब हट्नेछ। आम्दानी बढ्नेछ। व्यापारको लागि राम्रो समय छ। पारिवारिक जीवन पनि राम्रो रहनेछ। परिवारका सदस्यहरूसँग बढी समय बिताउनु राम्रो हुनेछ।
तुला राशि

तुला राशिका लागि यो समय निकै शुभ फल दिनेछ। हरेक क्षेत्रमा सफलताका साथै मान-सम्मान पनि प्राप्त हुनेछ। धन लाभ मिल्ने सम्भावना उच्च रहेको छ। आत्मविश्वास उच्च रहनेछ। जीवन साथीसँग धेरै समय बिताउनुहोस्, यसले सम्बन्धमा माया बढ्नेछ।
वृश्चिक राशि

वृश्चिक राशिका व्यक्तिहरूलाई यो समयले पदोन्नतिका साथै तलब वृद्धि पनि दिनेछ। केही व्यक्तिहरूले नयाँ काम वा स्थानान्तरण पाउन सक्छन्। पारिवारिक जीवनमा पनि समय राम्रो रहनेछ।

