साताको पहिलो दिन नै घट्यो सुनको मूल्य !

काठमाडौँ – साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। गत साताका अन्तिम दुई दिन एकै मूल्यमा कारोबार भएको सुनको मूल्य आज घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९९ लाख २ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ६ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९८ हजर ७ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा रु १० ले घटेको हो। महासंघले दिएको जानकारी अनुसार आज चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : आइतबार, चैत ०६, २०७८१०:४८

एकाएक मौसममा परिवर्तन, मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना !