‘रियल म्याड्रिड विरुद्ध खेल्नको लागि मैले ज्यान दिएको थिएँ, तर…”

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का ब्राजिलियन स्टार नेयमारले रियल म्याड्रिड विरुद्धको खेलका लागि फिट हुन आफूले धेरै मिहिनेत गरेको बताएका छन्।

हालसालै एक मिडियासँग कुराकानी गर्नेक्रममा नेयमारले घाइते भएपछि धेरै मिहिनेत गरेपछि मात्रै आफू रियल विरुद्धको खेलमा खेल्न सक्ने भएको बताएका हुन्। रियल म्याड्रिड विरुद्धको खेलमा सहभागी हुनको लागि आफूले ज्यान दिएको नेयमारको भनाई छ।

नेयमार च्याम्पियन्स लिगको पहिलो लेगमा रियल म्याड्रिड विरुद्ध खेल्नु अगाडी झन्डै २ महिना भन्दा बढी समय मैदान बाहिर रहेका थिए। खेलका क्रममा घाइते भएका कारण उनले धेरै समय आराम गर्नु परेको थियो।

रियल म्याड्रिड विरुद्धको खेलका लागि आफूले मात्र नभई सिङ्गो टोलीले धेरै मिहिनेत गरेको नेयमारले बताए। च्याम्पियन्स लिगमा अगाडी बढ्नको लागि सिङ्गो टोली समर्पित भएपनि त्यस्तो हुन नसकेको प्रति उनले दुख व्यक्त गरे।

“यो हाम्रा लागि जटिल दिनहरू, जटिल साताहरु थिए। हामी कुनै पनि हालतमा हार्न चाहँदैनथ्यौं। हामी हारको लागि खेलेका थिएनौं। हामीले जितको लागि मिहिनेत गरेका थियौं। म पनि जितकै लागि चोटबाट मुक्त भएको आएको थिएँ। त्यसको लागि मैले ज्यान दिनु परेको थियो। पूरा तागत लगाएपछि मात्रै त्यो सम्भव भएको थियो।”,नेयमारले भने।

प्रकाशित : आइतबार, चैत ०६, २०७८११:२७

अब के गर्लान् मेस्सी ? के छ लक्ष्य ?