आज हुँदै क्लब फुटबलको महा-भिडन्त ‘एक-क्लासिको’, कुन च्यानलमा हेर्ने खेल ?

एजेन्सी – नेपाली समय अनुसार आज राति १:४५ बजेबाट क्लब फुटबल कै सबैभन्दा ठूलो खेल रियल म्याड्रिड भर्सेस बार्सिलोना ‘एल-क्लासिको’ सुरु हुनेछ। पछिल्ला केहि समयदेखि यस खेल फिक्का परेपनि यस पटकको भिडन्तको भने निकै प्रतिक्षा गरिएको छ। विशेषगरी दुबै टोली हाल उच्च लयमा रहेको कारण पनि यो खेल निकै रोमान्चक हुने आशा गर्न सकिन्छ।

यसैबीच,  रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले बार्सिलोनाविरुद्ध आइतबार हुने एल क्लासिको टोलीका लागि महत्वपूर्ण हुने बताएका छन् । यद्दपी त्यो खेलको नतिजाले रियलको उपाधि दौडलाई खासै प्रभाव पार्ने देखिन्न ।

तर, प्रशिक्षक एन्सेलोटी बार्सिलोनालाई हराउँदै उपाधि दौडलाई थप सहज बनाउन चाहन्छन् । त्यसअर्थ उनले बार्सिलोनाविरुद्ध खेललाई अन्य क्लबको दाजोमा फाइनल सरह हुने बताएका छन् । ला लिगाको शीर्ष स्थानमा रहेको रियलको तेस्रो स्थानको बार्सिलोनाको भन्दा १५ अंक बढी छ ।

गत हप्ता च्याम्पियन्स लिगमा पीएसजी विरुद्ध निकै उत्कृष्ट पुनरागमन गरेको रियल म्याड्रिडको आत्मविश्वास निकै उच्च हुनेछ। तर म्याड्रिडका लागि स्टार खेलाडी करिम बेन्जेमाको चोट ठूलो घाटा साबित हुनसक्छ। यस सिजन करियर कै उच्च लयमा रहेका फ्रेन्च स्टार हाल चोटका कारण मैदान बाहिर रहेका छन् र बार्सिलोना विरुद्धको खेल गुमाउने छन्।

लिओनल मेस्सी पेरिस सेन्ट जर्मेन (पिएसजी) गएयता बार्सिलोना एकरुपताको प्रदर्शनका लागि संघर्ष गरिरहेको छ । इटालियन प्रशिक्षक लिगकै सर्वाधिक ठूलो प्रतिद्वन्द्विका रुपमा रहेको बार्सिलोनालाई हराउन सके उपाधि लगभग निश्चित हुने विश्वासमा छन् । तर पछिल्लो समयमा भने बार्सिलोना पनि निकै उत्कृष्ट खेल खेल्दै आएको छ।

बार्सिलोना लिगमा पछिल्ला १२ खेलमा अपराजित रहेको छ। लालिगामा बार्सिलोना पछिल्लो पटक डिसेम्बर ४ मा रियल बेटिससँग पराजित भएको थियो। त्यसयता बार्सिलोनाले कुनै पनि खेलमा पराजय भोगेको छैन। जाभी हर्नान्देज प्रशिक्षकको रुपमा आएपछि खेलेका १५ लालिगा खेलमा बार्सिलोना मात्रै एक पटक हारेको छ। यसबीचमा बार्सिलोनाले १० जित निकालेको छ भने ४ खेलमा बराबरी खेलेको छ। जाभी आएपछि मात्रै बार्सिलोनाले लालिगामा ३३ गोल गरेको छ भने मात्रै ९ गोल बेहोरेको छ।

कसरी हेर्ने एल-क्लासिको 

नेपालमा विश्व फुटबलको सबैभन्दा ठूलो क्लब खेल बार्सिलोना विरुद्ध रियल म्याड्रिडको खेल राति १:४५ बाट डिस-होमको याक्सन स्पोर्ट च्यानलमा हेर्न सकिनेछ।

प्रकाशित : आइतबार, चैत ०६, २०७८१२:५१

एल-क्लासिको खेल्ने बार्सिलोना र रियल म्याड्रिडको टोली यस्ता छन्, प्रमुख खेलाडी बिना म्याड्रिड !